अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 04:27

‘लिटिल स्टार’का लागि ७० बालबालीका छनौट

बिआरटीनेपाल २०७३ फागुन १ गते ७:५९ मा प्रकाशित

‘लिटिल स्टार २०१७’ को प्रारम्भिक चरणको अडिसन सकिएको छ । राजधानीको दरबारमार्ग स्थित सि डब्लु रेष्टुरेन्टमा आयोजित अडिसना ९० भन्दा बढी बालबालीकाको सहभागिता रहेको थियो । जसमध्य ७० प्रतियोगी अन्तिम स्पर्धाका लागि छनौटमा परेका छन् ।

एनोवेसन इवेन्ट म्यानेजमेन्ट आयोजना र सोविज मिडिया ग्रुपको सहकार्यमा आयोजित प्रतियोगीता बालबालीकाको प्रतिभा निखार्दै उनीहरुलाई सानौलो भबिस्य निर्माणमा अग्रसर रहन मार्ग निर्देशन गर्ने कार्यक्रमको उदेश्य रहेको आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्ट अध्यक्ष महेश केसीले बताए ।

मोडल दिक्पाल कार्की, अभिनेता गौरव पहाडी, अभिनेता यसराज गहतराज, कोरियो ग्राफर सुनिता राजभण्डारी लगायत निर्णायक रहेको प्रतियोगीतामा ७ देखि १४ बर्षसम्मका बालबालीकाको सहभागीता रहेको थियो ।

प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई आगामी चैत्र १९ गतेबाट बिभिन्न प्रशिक्षणमा सहभागी गराइनेछ । प्रशिक्षणमा उनीहरुले क्याटवाक, ब्याक्तित्व बिकाश, गायन ,नृत्य लगायत बिषयमा दक्ष प्रशिक्षकद्धार ज्ञान हासिल गर्ने आयोक मध्यको एक सोविज मिडिया ग्रुपका प्रवल गौतले बताए ।

अयिभनेता जीवन गिरी, गिता पुरी, रस्मिना भट्टराईर रन्धिर शाह समेतको बिषृश भुमिका रहेको प्रतियोगीताको बिजेताले ट्रफीसहित नगद उपहारका साथमा चलचित्र, बिज्ञापन चलचित्र लगायत बिभिन्न अवसर जिन्त सक्नेछन् । बिभिन्न २० उपशिर्षकमा समेत बिजेता छानिने प्रतियोगीताको फाइनल बैशाख पहिलो साता हुनेछ ।


प्रतिक्रिया