अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

दुई आईजीपी नियुक्त: नेपाल प्रहरीमा जयबहादुर चन्द र सशस्त्र प्रहरीमा सिंहबहादुर श्रेष्ठ

बिआरटीनेपाल २०७३ फागुन १ गते १:१० मा प्रकाशित

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा दुई जना प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।
सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीका अनुसार नेपाल प्रहरीको पहिलो वरियतामा रहेका डिआइजी नवराज सिलवाल र दोस्रो वरियतामा रहेका प्रकाश अर्याललाई पछि पार्दै चन्दलाई आइजीपी बनाउने निर्णय गरेको हो।

२०४४ सालमा इन्सपेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका डिआइजी सिलवाल, अर्याल र चन्द मध्ये आइजीपीका लागि डिआइजी बमबहादुर भण्डारीको नाम समेत चर्चामा थियो । जसमा सिलवाल वरियतामा अन्तिम थिए ।
त्यस्तै, सशस्त्र प्रहरीको आइजीपीमा भने पहिलो वरियताकै एआइजी सिंहबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल प्रहरीको डिएसपीबाट एक तह बढुवा भएर शसस्त्र प्रहरी बलमा प्रवेश गरका सिंहबहादुर श्रेष्ठ आफ्ना अन्य दुई प्रतिस्पर्धी एआईजीहरु प्रकाश ओझा र प्रेम कुमार शाहीलाई पछि पारेर आइजीपी बनेका हुन् ।

२०५७ सालमा नेपाल प्रहरी र नेपाली सेनालाई मिलाएर सरकारले शसस्त्र प्रहरी बल गठन गर्दा श्रेष्ठ नेपाल प्रहरीबाट शसस्त्रतिर जान तयार भएका थिए । त्यतिवेला डिएसपी रहेका श्रेष्ठ १० महिनापछि एसपी भएका थिए ।

भोलिबाट नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका आइजीपी दुर्जकुमार राईले नियमित अवकास पाउने भएपछि आइजीपी नियुक्तिका लागि लामो समयदेखि राजनीतिक दल र नेता आआफ्नो पक्षका डिआइजीको लबिङमा थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू