अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५० | Colorodo: 01:05

बिहे गरेको ५ बर्षसम्म आफ्नो बच्चा नजन्मेपछि भर्खर जन्मेको बच्चा चोरी गरिन् लालसादेवीले

बिआरटीनेपाल २०७३ माघ २३ गते १०:३५ मा प्रकाशित

गत शुक्रबार वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भर्खरै जन्मिएको नवजात शिशु चोरी भयो । वीरगन्ज उपमहानगरपालिका १ की आशादेवी पाशवानले जन्माएको छोरा जन्मेको केही घण्टमै चोरी भएपछि पासवान परिवारमा रुवाबासी सुरु भयो भने प्रहरीले यो घटनालाई गम्भीरताका साथ अनुसन्धान सुरु गर्यो । प्रहरीको अनुसन्धान र सुत्केरी आशादेवीकी सासु रमावतीदेवी पासवानले बच्चा चोरी गर्ने महिलाको हुलिया बताएपछि आईतवार  प्रहरीले बेल्वा गाविस वडा नम्बर ९ मिलनचोकबाट बच्चा चोरी गर्ने लालसा देवी साहलाई पक्राउ गरेको छ भने हराएका नवजात शिशुपनि सकुसल फेला परेका छन् ।

प्रहरीले पक्राउ परेकी लालसा देवीलाई अनुसन्धानमा राखेको केही बेरमै उनले बच्चा चोर्नुको रहस्य खुलेको छ । बिवाह गरेको ५ बर्ष सम्म पनि आफुवाट सन्तान नजन्मिएपछि लालसाले बच्चाको रहरमा अरुको बच्चा चोरेकी थिईन् । शुक्रबार बच्चा चोरी गरेर लालसा आफ्नो घर नगई माईतमा बच्चा बोकेर पुगेकी थिईन्।

आईतवार नै प्रहरीले पत्रकार सम्मेलन गरेर लालसा देवीलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार लालसा देवीले बच्चा चोर्नुको एउटै कारण उनिबाट सन्तान नहुनु रहेको र बच्चा चोरीको घटनामा अन्य कसैको संलग्नता नरहेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू