अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 01:01

अमेरिकाद्वारा एक हप्तामा एक लाख भन्दा ज्यादा प्रवेश आज्ञा (भिसा )खारेजी

बिआरटीनेपाल २०७३ माघ २२ गते ९:३४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले गत जनवरी २७ तारिखमा आप्रवासी सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरे पछि १ लाख भन्दा ज्यादा प्रवेश आज्ञा (भिसा )खारेजी गरेको जानकारी आएको छ l उक्त जानकारी शुक्रवार अमेरिकन सरकारी न्याय विभाग हेर्ने सम्बन्धित अधिवक्ताले भर्जिनियाको अदालतमा उक्त कुराको खुलासा गरेको सीएनएनले लेखेको छ l न्यायाधिसले कार्यकारी आदेश भए पछि कस्तो असर भन्ने प्रश्न मा उनले उक्त आंकडा दिएका हुन् l

ट्रम्पले हस्ताक्षर गरेको करिब एक हप्ता को अवधिमा १ लाख प्रवेश आज्ञा खारेजी भएको हो l न्याय विभागका आप्रवासी हेर्ने अधिवक्ता इरेज रुभेनीलले अहिले सम्म स्थाई बसोबास अनुमति पत्र (हरियो पत्र ) प्राप्त गरेकालाई नरोकिएको बताएका थिए l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू