अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

मुस्लिम संघको सम्मान कार्यक्रम

बिआरटीनेपाल २०७३ माघ २२ गते ८:२७ मा प्रकाशित

नेपाली कागे्रसको भातृ संस्था मुस्लिम संघ नेपाल बाँके अन्र्तगत नगर कार्य समितिले सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रम गरेको छ ।

नेपाल मुस्लिम संघ नगर सभापति बाकेका खैरुल हसन अंसारीको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांगे्रसका जिल्ला अध्यक्ष किरण कोइराला र मुख्य अतिथिमा मुस्लिम संघ बाकेका जिल्ला सभापति मो. याकुव अन्सारी रहेका थिए ।

अतिथिमा अव्वर शेषले स्वागत मन्तव्य दिएको कार्यक्रममा नेपाली कांग्रसका पुर्व सासंद कृष्ण सिंह परियार ,कैलाश नाथ कसौधन ,नेपाली कागे्रस बाकेका उप सभापति सुनिल सिंह राणा , नगर सभापति प्रशान्त विष्ट ,पुर्व नगर सभापति मो. फरिदुल हक, नगर उप सभापति अनवर अलि इद्धिसी, पुर्व जिल्ला सदस्य तरुण दलका राम प्रकाश पटुवा, वडा प्रहरी कार्यलयका प्रमुख राजन कुमार गौतम, लगाएतको उपस्थिती रहको थियो ।

कार्यक्रमको सहजीकरण पुर्व नगर सभापति फरिदुल हक ले गर्नु भएको कार्यक्रममा मुख्य अतिथि अन्सारीले मुस्लीम संघले त्रिभुवन चौकमा मुस्लिम भेला गर्ने तथा स्थानिय निर्वाचनको लागि सबै मुस्लिमहरु एक हुनु पर्ने तथा यसको लागि नेपाली कांगे्रस भन्दा अर्को कुनै विकल्प नहुने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू