अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

अमेरिकाबाट गोरखालीहरुद्दारा पार्टी कार्यालयका लागि करिब सात लाख रुपैंया सहयोग

बिआरटीनेपाल २०७३ माघ १८ गते २२:२१ मा प्रकाशित

गोकुल ढकाल, लस एन्जलस, क्यालिफोर्निया ।
अमेरिकामा बसोबास गर्ने गोरखा जिल्लावासी नेपाली काँग्रेस पार्टीप्रति समर्पित, समर्थित र आस्थावान सक्रिय सदस्यहरुद्दारा नेपाली काँग्रेस, गोरखा जिल्ला पार्टी कार्यालय निर्माण क्रममा अपुग रकम सहयोगका लागि करिब सात लाख रुपैंयां सहयोग गरेका छन् ।

नेपाली काँग्रेस, जिल्ला कार्यसमिति, गोरखाका सचिव युवा नेता नन्दु न्यौपानेको व्यक्तिगत अमेरिका भ्रमणको अवसरलाई पारेर गोरखा जिल्लाबाट अमेरिका आई विभिन्न राज्यमा बसोबास गर्ने माउ पार्टीप्रति आस्थावान शुभेच्छुकहरुसंगको छलफलले आफ्नै जिल्लामा निर्मित आफ्नै पार्टीको कार्यालय भवनको लागी यो सहयोग जुटेको हो ।

जन सम्पर्क समिति, अमेरिका, मिचिगन च्याप्टरका संस्थापक सभापति धर्म भट्टराईको संयोजनमा संकलित ६,४३६१९।९४ (छ लाख, त्रिचालिस हजार, छ सय उन्नाइस रुपैंयां र चौरानब्ब्बे पैसा) ने. का. गोर्खाका पार्टी सचिव श्री नन्द प्र. न्यौपानेको नाममा वेष्ट्रन युनियनबाट नेपाल पठाइएको छ ।

पार्टी कार्यालयका लागी हालसम्म सहयोग गर्ने शुभेच्छुकहरुको नामावाली :
धर्म भट्टराई : $५०१
गोकुल ढकाल : $५०१
हेम राज भट्ट : $५०१
चन्द्र धिताल :$५५५
कृष्ण लमिछाने:$५०१
हरि ढकाल : $२०१,
प्रदिप बस्ती : $२०१,
जीवन गुरुङ : $२५१,

नारायण भट्ट : $१११,
सोम भट्ट : $१११,
नारायण बोहोरा: $२०१,
गोपाल बस्नेत : $५०१,
कृष्ण लमिछाने : $५०१,
वैकुण्ठ खनाल : $५६६,
विनोद भट्ट : $१५१,
शिव ढकाल : $१५१,
केपी ढकाल : $१२१,
अरुण धिताल :$२०१,
हरेराम पन्त : $२०१,
हरि भट्ट : $१५१,

गोमा अधिकारी : $१०१,
अर्जुन देबकोटा : $ १०१,
पूर्ण शेर्पा : $१०१,
मणी पनेरु : $१५१, र
बुद्धि लामिछाने : $५५१ (नेपालमा उपलब्ध गराउने गरी) ।

संकलित रकम संयोजक भट्टराईले नेपाल पठाएपश्चात यस अघि नै नेपाल फर्किएका पार्टी सचिव न्यौपानेले एक कार्यक्रमका बिच पार्टी जिल्ला समितिका सभापति हरि घलेलाई हस्तान्तरण गराईसकेका छन् । ‘प्रवासमा रहेर पनि जिल्लाको संगाठानिक ममताले सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकज्यूहरुलाई म हार्दिक धन्यवाद दिन चाहन्छु,’ जिल्ला सभापति हरि घलेले सबैलाई धन्यवाद दिएको सचिव न्यौपानेले बताए ।

यसै संयोजक भट्टराईकानुसार रकम संकलित हुने क्रम जारी छ र नामहरू क्रमशः: सूचित गरिनेछ । अन्य शुभचिन्तकहरुले पनि सहयोग गर्ने चाहना राख्न्नुभएमा निम्न खातमा रकम जम्मा गर्न सक्नुहुनेछ :

रकम जम्मा गर्न : बैक अफ अमेरिका
खाता नं : ४८३०१४०२११६८
राउटिङ नं : ०२१०००३२२
फोन : २४८ २५२ ७४६०

प्रतिक्रिया