अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

धावक सञ्जय पण्डितलाई सम्मान

बिआरटीनेपाल २०७३ माघ १७ गते २२:१६ मा प्रकाशित

काठमाडौँ, माघ १८ गते । अल्ट्रा धावक सञ्जय पण्डितलाई कोसी समूहले रु दुई लाख १० हजारसहित सम्मान गरेको छ । यहाँ सोमबार आयोजित कार्यक्रममा अन्टार्टिकाको माउन्ट रजम्यानलगायत शिखर आरोहण गरी देशको प्रतिष्ठा बढाएकाले सो सम्मान प्रदान गरिएको हो । 

सो समूहका अध्यक्ष गोविन्द थपलियाले उक्त रकम बराबर चेक तथा सम्मानपत्र प्रदान गर्दै नेपाललाई विश्वमा आरोहणको माध्यमबाट चिनाउन पण्डितले अहम भूमिका निर्वाह गरेकाले त्यसको सराहना गर्नुभयो । उहाँको साहसलाई उच्च मूल्याङ्कन गरी आफ्नो समूहले सम्मान गरेको उहाँले बताउनुभयो ।

सगरमाथा मनास्लुसहित विश्वका १० अग्ला शिखर आरोहण गर्नुभएका पण्डितले अफ्रिकाको शिखर किलिमान्जारो र अस्ट्रेलियाको शिखर कोजियस्कोमा उल्टो हिँडेर आरोहण गर्नुभएको थियो । पण्डित उल्टो हिँडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो विश्व पर्वतारोही हुनुहुन्छ । रासस (फायल तस्बिर) 

प्रतिक्रिया