अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

न्युयोर्कमा सोनाम ल्होछार भब्य रुपमा सम्पन्न

बिआरटीनेपाल २०७३ माघ १७ गते १७:४० मा प्रकाशित

न्यु योर्क । अमेरिकाको न्यु योर्कमा बस्दै आएका तामाङ समुदायले आफ्नो मुख्य पर्व सोनाम ल्होछार भब्यरुपमा मनाएका छन् । उनीहरूले घर घरमा तथा सामूहिक रूपमा समेत ल्होछार मनाए । ल्होछारकै अवसरमा तामाङ सोसाइटी अफ अमेरिकाले शुभ कामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रको आयोजना ग¥यो । कार्यक्रममा अमेरिकमा नै जन्मिएका बालबालिकाहरुको तामाङ सेलो सहित नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । 

सांस्कृति कार्यक्रम अघि भएको उद्दघाटन कार्यक्रममा प्रमुख अथिति गैर आवसीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले सहित विभिन्न व्यक्तिहरूले शुभ कामना व्यक्त गरेका थिए । सोही कार्यक्रममा तीन जनालाई मानर्थ सदस्यता प्रदान गरिएको थियो । सोसाइटीको मानर्थ सदस्य पाउनेहरुमा हात ओरिगन राज्यको पोर्टल्याण्डमा बस्दै आएका तेक्वान्दो खेलाडी विधान लामा, प्रोफेसर द्धय डेभिट होम्बोक र क्याथलिक मार्क रहेका छन् ।

तेक्वान्दो खेलाडी विधान लामा ओलम्पिकको प्रर्दशनी खेलमा कास्य पदक जित्ने नेपालको एक मात्र खेलाडी हुन् । यस्तै प्रोफेसरद्धय डेभिट र क्याथलिकले तामाङ भाषा र सस्कृतिमा विद्याभारधी गरेका छन् । यस्तै हिमाल आरोही कर्ण बञ्जन तामाङलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो । यस्तै तीन पटक सम्म सगरमाथाको सफल आरोहण गर्ने क्रममा कर्णले परम्परागत तामाङ टोपी शिखरमा पुर्याएका थिए । यस्तै नेपाल डे परेड कार्यक्रम सफल आयोजना गरेको भन्दै जनजाति महासङ्घ अमेरिकालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । 

सन् २००२ मा स्थापना भएको सोसाइटीले ल्होछारको उपलक्ष्यमा रहेक वर्ष सास्कृतिक कार्यक्रम राख्दै आएको छ । अघिल्ला बर्षहरु भन्दा यस पटकको कार्यक्रममा सहभागिहरुको सख्या उत्साहपूर्ण रहेको सोसाइटीले बताएको छ । सोसाइटीका अध्यक्ष शान्त बाबु थोकरका अनुसार यस पटकको ल्होछार सास्कृतिक कार्यक्रममा ६ सय ५० जनाको उपस्थिति रहेको थियो ।

अध्यक्ष थोकरका अनुसार यस पटकको सास्कृतिक कार्यक्रम न्यु योर्क आसपासमा रहेका तामाङ समुदाय एक ठाँउमा जम्मा भएर चाड पर्व मनाउनुका साथै तामाङ साँस्कृति तथा बौद्ध केन्द्रको भवन निर्माणका लाििग आर्थिक सङ्कलन गर्ने उद्दयेश्य समेत भएकाले सहभागीको सख्या बढेको हो । 

कार्यक्रममा भवन निर्माणका लागि पाँच हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो । सोसाइटीले अब छिट्टै नै न्यु योर्कमा सास्कृतिक केन्द्र भवन निर्माण सुरु गर्ने जनाएका छन् । भवन निर्माणका लागि सहयोग गर्नेहरुमा अमर तामाङ, बंशलाल र सुनिता तामाङ, छेमाङ लामा र रेजिना योञ्जन लामा, फुर्वा तामाङ र शशिकला लामा तामाङ, लुइसाङ वाइवा र बेलु तामाङ रहेका छन् । यस्तै नाम्गेल लामा र माइली तामाङ, रोजबहादुर लामा र सानु कुमारी लामा, शम्भु तामाङ मोक्तान र नन्दु तामाङ, शुभाष लामा र राखी लामा, शान्त बाबु थोकर र शुशिला तामाङ, तथा इन्द्र तामाङ र राधिका तामाङ रहेका छन् । 

प्रतिक्रिया