अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

अमेरिकाको जेष्ठ नेपाली संस्था एएनएस ५० औ वर्षमा प्रवेश

बिआरटीनेपाल २०७३ माघ १६ गते २१:२० मा प्रकाशित

वासिङ्टन डि सि, जनवरी २९ । उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (एएनएस) ५० औ वर्षमा प्रवेश गरेको छ l ५० वर्ष पुगेको उपलक्ष्यमा संस्थालाई यो अवस्था सम्म पुर्‍याउने संस्थाका पूर्व पदाधिकारीहरू ,शुभ चिन्तक ,समाजका अगुवाहरु ,विभिन्न लब्ध प्रतिष्ठित व्यक्तिहरू ,समाज सेवीहरु सँग अन्तरक्रिया कार्यक्रम गर्दै सरसल्लाह तथा सुझाव लिएको छ l

यसको साथै संस्थामा काम गरी सकेका भूतपूर्व अध्यक्ष तथा भूतपूर्व पदाधिकारीहरुले रचनात्मक सुझाव दिएका छन् l आफ्ना समयमा गरेका काम अनुभवलाई हिस्सा गर्दै ५० वर्षमा पुगेको अवसरमा वर्तमान कार्यकारी समितिलाई बधाईको साथै शुभकामना दिएका थिए l 

पूर्व अध्यक्षहरु ,पूर्व पदाधिकारीको साथै उपस्थित भएका शुभचिन्तक तथा समाज सेवीले ५० वर्ष को कार्यक्रमलाई भव्य सँग मनाउनु पर्ने भन्दै संस्थामा सहभागिता बढाउनु पर्ने विचार पोखेका थिए l यसको साथै अमेरिकनहरुले संस्था स्थापना गरी दिएको हुनाले अधिकांशले अब बिदेशीहरुलाई पनि संलग्न गर्नु पर्ने सुझाव दिएका थिए l उनीहरूलाई पनि समितिमा राख्नु पर्ने जोडदार सुझाव दिएका थिए l यसै गरी गैर आवासीय नेपाली सङ्घ अमेरिका कि उपाध्यक्ष रविना थापाले पनि आफ्ना सुझाव दिएकी थिइन् l

यसै क्रममा नेपाली दूतावासका आर्थिक सल्लाहकार कैलाश पोखरेलले गत वर्ष अमेरिकाका भूतपूर्व राष्ट्रपति बराक ओबामाले डिसेम्बर १६ ,२०१६ मा युएस नेपाल ट्रेड फेसीलिटेसन एण्ड ट्रेड इन्फोर्समेन्ट एक्ट २०१५ ( टिएफटिईए ) सम्बन्धी विशेष जानकारी प्रदान गरेका थिए l उक्त कार्यक्रममा सहभागीहरुले जिज्ञासा समेत राखेका थिए l

कार्यक्रमको सभापतित्व संस्थाका सभापति जीवन तिवारीले गरेका थिए भने कार्यक्रममा महा सचिव प्रेम पौडेल ,प्रथम उपाध्यक्ष चन्द्र प्रकाश बराल तथा अन्य पदाधिकारीले मन्तव्य राखेका थिए l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू