अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 10:56

अब अमेरिका पस्न गाह्राे हुने भाे: ट्रम्पद्वारा कडाईकाे आदेश

बिआरटीनेपाल २०७३ माघ १६ गते ११:२२ मा प्रकाशित

वासिङटन, माघ १५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अमेरिका प्रेवशमा कडाई गर्ने कार्यकारी आदेशमा शुक्रवार हस्ताक्षर गर्नुभएको छ ।

ट्रम्पले उग्र इस्लामवादी आतङ्ककारीहरुलाई अमेरिका भित्रिन नदिनका लागि आप्रवासीलाई अमेरिका प्रवेशमा कडाई गर्नुपरेको बताउनुभएको छ ।

पेन्टागनमा हस्ताक्षर गरेपछि उहाँले भन्नुभयो, “हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्नेेलाई मात्रै आउन दिन्छौँ ।”

राष्ट्रपति ट्रम्पले शरणार्थीका रूपमा अमेरिका आउन खोज्नेमध्ये क्रिश्चियन धर्माबलम्वीलाई प्राथमिकता दिइने स्पष्ट पार्नुभएको छ ।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यस बारेमा विस्तृत विवरण दिइसकेको छैन । यो आदेश सिरियाका शारणार्थीप्रति बढी लक्षित रहेको हुनसक्ने विश्लेषण गरिएकाे छ ।

आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले मुसलमानहरुलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने बताउनुभएको थियो । रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू