अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

सभामुख, प्रधानमन्त्री देखि मन्त्री र सरकारी कर्मचारीद्वारा सहिदप्रति श्रद्धाञ्जली

बिआरटीनेपाल २०७३ माघ १६ गते १:५३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लैनचौरमा रहेको शहीद स्मारकमा पुगी सहिदको शालिकमा फूलमाला अर्पण सहित शहीदहरू प्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । शहीद सप्ताहको अन्तिम आज श्रद्धाञ्जलि सभामा पुगी प्रधानमन्त्री दाहाल सहित सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा. सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले लगायतले पुष्पगुच्छा अर्पण गर्दै शहीदको सम्झना गरेका हुन् ।

विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाले ज्ञात–अज्ञात शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई शहीद सप्ताहका रूपमा मनाउँदै आएकोमा यस बर्ष पनि काठमाडौँ महानगरपालिकाको आयोजनामा शहित सप्ताह मनाईएको हो । शहीद सप्ताहको अन्तिमा दिन आज रत्नपार्क शान्तिवाटिकाबाट प्रभातफेरीको आयोजना गरी सहिद स्मारक लैनचौर पुगी मूल समारोहमा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू