अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

उत्तर अमेरिकमा रहेका तामाङहरूको साझा सस्था बन्ने

बिआरटीनेपाल २०७३ माघ १४ गते २२:२२ मा प्रकाशित

न्यु योर्क । उत्तर अमेरिकमा रहेका तामाङहरूको साझा सस्था बन्ने भएको छ । न्यु योर्कमा शुक्रवार सम्पन्न उत्तर अमेरिकी तामाङ सम्मेलन तयारी बैठकले छाता सस्था बनाउने निर्णय गरेको हो । सोनाम ल्होछारको पूर्वसध्यामा तामाङ सोसाइटी अफ अमेरिकाको पहलमा भएको बैठकले बृहत् सम्मेलन आगामी मे २० र २१ मा न्यु योर्कमा नै आयोजना गर्ने निर्णय गरेको छ । 

बैककले सस्थाको नाम तामाङ सोसाइटी अफ अमेरिका नै राख्ने र विभिन्न राज्यमा च्याप्टर गठन गर्ने निर्णय गरेको छ । सोसाइटी अहिले सम्म न्यु योर्क आसपासमा सीमित छ । सोसाइटीका अध्यक्ष शान्त थोकरले आफ्नो घोषण पत्रमा नै न्यु योर्कमा खुम्चिएको सस्थालाई उत्तर अमेरिका भरी विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए । शान्त थोकर अध्यक्षतामा बसेको बैठकमा अमेरिका र क्याडना गरी विभिन्न १३ राज्यका ५४ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

बैठकले शान्त थोकरकै संयोजकत्वमा ५१ सदस्यीय तयारी समिति पनि गठन गरेको छ । समितिले सस्थाको विधान निर्माणको काम पनि गर्ने छ ।

बैठक पछि अध्यक्ष थोकरले एक ठाँउमा भएर जाँदा नै आफ्नो भाषा सस्कृतिको जगेर्ना गर्न सजिलो हुने र मुलुकका लागि पनि एकीकृत रूपमा योगदान दिन सकिने भएकाले साझा सस्थाको अवधारण ल्याएको बताए ।
“हाम्रो एकताको सन्देशले उत्तर अमेरिकामा रहेका तामाङहरू माझ मात्र होइन यसको प्रभाव विश्वभरि रहेका तामाङलाई एउटै सस्थामा ल्याउन ऊर्जा दिने छ ।” 

यसै बिच तामाङ सोसाइटी अफ अमेरिकाले शनिवार सोनामा ल्होछारको अवसरमा न्यु योर्कमा बृहत् सास्कृतिक कार्यक्रमको आयोजना गर्दै छ । कार्यक्रमको आम्दानी तामाङ कल्चर सेन्टरको भवन निर्माण खर्च गरिने सोसाइटीले जनाएको छ ।  

प्रतिक्रिया