अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

गायक भिम पौडेलको ‘सादाको लागि जाँदै छु’ सार्वजनिक

बिआरटीनेपाल २०७३ माघ १४ गते ९:३२ मा प्रकाशित

समय अनुसार जाने आउने त चलिरहन्छ । त्यसमाथि पनि माया प्रेममा परेका मानिसहरु साहित्यका शब्द जोड्दै भन्छन्, ‘सदाको लागि जाँदै छु’ कोही सदाको लागि नै जान्छन् भने कोही केही समयको लागि । तर, यहाँ प्रसँग अलि फरक छ । कुरा हो ‘सदाको लागि जाँदै छु’ वोलको आधुनिक गीतको । गीतमा सदाको लागि जाने कुरालाई समेटिएको छ । ‘यूनिक इन्टरटेण्डमेन्ट’ले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेको ‘सदाको लागि जाँदै छु’ वोलको गीत बिल्कुलै फरक शैलिमा निमार्ण गरिएको छ ।

गीतमा गायक भिम पौडेलको मधुर स्वर सुन्न पाईन्छ । विमल थापाको रचनामा रहेको गीतलाई नुच्छेबहादुर डङ्गोलले संगीत भरेका हुन् । जस्मा हरि शर्मा सायामीको संगीत संयोजन रहेको छ । गीतलाई दिया मिडियाद्वारा भिडियो निर्माण गरिएको छ । स्टुडियोमा गायक पौडेलले लिपसिङ दिँदै गरेको भिडियो निर्माण गरिएको हो । भिडियोको छांयाकन, सम्पादन लगायतका सम्पुर्ण काम दिया मिडियाले नै गरेको छ ।

प्रतिक्रिया