अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

नेपाली भाषी भुटानीहरूको विगतको कथा “मेरो कथा”डायसपोरामा उदाउँदै….

बिआरटीनेपाल २०७३ माघ ११ गते ९:११ मा प्रकाशित

नेपाली भाषी भुटानी युवा गीतकार लक्ष्मी सुवेदीका एकल शब्द/रचनाहरूमा अनि ख्यातिप्राप्त गायकहरूको सुमधुर आवाजमा विभिन्न भावमा संग्रहित “मेरो कथा” गीतहरूको सङ्गारलो एल्बम चाँडै आउने जानकारी प्राप्त भएको छ । हाल अमेरिकाको आइअोवा राज्यको राजधानी डिमोइन सहरमा बस्दै आउनु भएका युवा गीतकार लक्ष्मी सुवेदी,कृष्ण सुवेदी र तारादेवी सुवेदीका कोखबाट भुटानमा जन्मिनु भएको हो ।

१९९२ सालमा भुटानबाट जबरजस्ती सपरिवार देश निकाला गरिएका सुवेदी दुई दशक लामो शरणार्थी जीवन विताएर अमेरिका पुनरबास हुनु भएको हो । शिक्षा तर्फ स्नातक हासिल सुवेदी मिलनसार, सहनिशल निष्ठावान र मेधावी छात्रका रूपमा कहलिनु भएको थियो ।

जीवनमा सामाजिक तथा परिवारिक गरी विभिन्न संघर्षशिल कथा भोग्नु भएका सुवेदीले विगतका अनुभूतिहरूलाई शब्दमा कैद गर्दै मेरो कथा गीति एल्बम प्रकाशन गर्न लाग्नु भएको हो । उक्त एल्बममा आठ समसामयिक आधुनिक गीतहरू रहेको गीतकार लक्ष्मी सुवेदीले बताउनु भयो । एल्बम प्रकाशनमा गीतकार पत्नी छली नेपाल सुवेदीले लगानी गर्नु भएको छ । 

(१) तिमीमात्रै आउँछौ किन संझानामा सधैँ भरि….(२) वर्षौ बित्यो आँसु झार्दै मेरो जिन्दगानी…(३) देशमा शान्ति छाएन सास फेर्ने कहिले गरिबले…. नामक गीतहरूमा सङ्गीत साधना सङ्गीतकार/गायक कर्म ग्याल्छनले गर्नु भएको हो भने स्वर पनि वहाँकै रहेको छ । ती गीतहरूमा सङ्गीत संयोजन नर्बू शेर्पाले गर्नु भएको छ । (४) गाइने दाइको सारड्गीले मेरै कथा बोल्यो…नामक गीतमा सङ्गीत अविरल साइलाको रहेको छ भने सङ्गीत संयोजन नर्बू शेर्पाको छ । यस गीतमा आवाज भने थोप्तेन भोटियाको रहेको छ । (५) जीवनमा सब थोक ठानेको थिएँ तिमीलाई…नामक गीतमा नेपाली भाषी भुटानीहरूका प्रथम गायक प्रताप सुब्बाको सङ्गीत/स्वर रहेको छ भने सङ्गीत संयोजन पावन लामाले गर्नु भएको छ। (६) यता माया गाँसी उता रमाएर गयौ तिमी…..नामक गीतमा हालकी चर्चित गायिका मेलिना राईको स्वर रहेको छ भने सङ्गीत बि.पाण्डे र सङ्गीत संयोजक कमल सौरागको रहेको छ । (७) फुल जस्तै नबिझाउने मान्छे भए कति जाति…नामक गीतमा महेश शिवाको स्वर रहेको छ भने सङ्गीत अविरल साइला अनि सङ्गीत संयोजन नर्बू शेर्पाको रहेको छ । (८) जिन्दगी यो सागरबिच छालहरु तर्दैछु म….नामक गीतमा कृष्ण काफ्लेको स्वर रहेको छ भने सङ्गीत दीपक शर्मा अनि सङ्गीत संयोजन उदय पौड्यालको रहेको छ ।

“शरणार्थीका रूपमा तेस्रो देश पुगेका युवाहरूले निजिरूपमा चाैतर्फी विकास गरिरहेका छन् । भुटानीहरूको साहित्य,सङ्गीत र समाज जता पनि माहोल मर्दैछ दिनदिनै तर पनि निजिरूपमा अत्यान्त धेरै प्रतिभाहरू आइरहेका छन्। त्यसो भएको हुनाले भविष्यमा डायसपोरामा रहेका भुटानीहरूको साहित्य, सङ्गीत र समाजमा प्रतिनिधि माहोल निर्माण हुने विषयमा आसावादी हुन सकिन्छ ।”

लेखनको क्षेत्रमा सानैदेखि मेधावी प्रमाणित युवा गीतकार लक्ष्मी सुवेदीको यो प्रथम एकल गीति एल्बम हो।क्षमता र विद्वता हुँदा हुँदै पनि शरणार्थी शिविरमा कैद भएका शरणार्थी युवाहरू पुनरबास कार्यक्रमसँगसँगै संसारका विभिन्न कुनामा डायसोरा नामको भुटान लिएर भूगोलभरि उभिइरहेका पाइन्छन्।

त्यसो त सन १९८०को दशकमा भुटानको तानाशाही रातन्त्रले नेपाली मूलका नागरिकका विरुद्धमा अख्तियार गरेको जातीय सफाय नीतिको सिकाएर भएर सन १९८८देखि १९९३ सालसम्म भूटानमबाट लखेटिएका नेपाली मूलका भुटानी नागरिकहरूले नेपालका पूर्वी झापा र मोरङका सात शरणार्थी शिविरहरूमा २० वर्षसम्म घरदेश जाने सपनामा सुनाैलो भाग्यको कल्पना संगाल्दा पनि केही सिपार नलागेपछि नेपालमा रहेका भुटानी शरणार्थीहरूलाई तेस्रो देश पुनरबास गराएपछि शरणार्थीहरूले विभिन्न पक्षमा चमत्कार नै देखाएको विज्ञहरू बताउँछन ।

सुरप्रभा गीत सङ्गीत प्रा.लिई ले बजारमा ल्याउन लागेको गीतकार लक्ष्मी सुवेदीको “मेरो कथा” गीति एल्बमले सफलताको शिखर चुमोस्,अग्रिम शुभकामना ।

प्रतिक्रिया