अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

संविधान संशोधन नभएपनि निर्वाचनमा जानुपर्छ -वर्षमान पुन

बिआरटीनेपाल २०७३ माघ १० गते ८:५३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका नेता तथा ५ नम्बर प्रदेशका ईन्चार्ज वर्षमान पुन “अनन्त” ले संविधान संशोधन सँगसँगै निर्वाचन प्रक्रियालाई अगाडी बढाउनुपर्ने बताएका छन ।  प्रेस सेन्टर नेपाल बाँकेले सोमबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै वर्तमान सरकारकै पालामा स्थानिय तहको निर्वाचन तालिका घोषणा हुने भन्दै पुनले त्यसलाई कार्यान्वयमा ल्याउनका लागि सबै दलहरु मिल्नुको विकल्प नरहेको बताएका हुन् ।

पुनले प्रक्रियागत रुपमा संविधान संशोधन अगाडी बढ्ने भएकाले निर्वाचनमा यसले कुनै असर नगर्ने बताए ।

आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने भएपनि निर्वाचनको तालिकालाई हेरफेर गर्न नहुने पुनले धारणा राखेका थिए । उनले भने, ‘अहिलेको अवस्थामा निर्वाचन नै निकासको मुख्य कडी हो, त्यसैले संविधान संशोधनलाई वाधकका रुपमा हामीले लिएका छैनौं ।”

केही दिन भित्र नै निर्वाचनको मिति घोषणा हुने भन्दै नेता पुनले यसै सरकारले घोषणा गरेको कार्यतालिका अनुसार निर्वाचन हुनेमा ढुक्क रहन आग्रह समेत गरे ।

उनले मधेसी मोर्चा निर्वाचन सहभागी हुनेमा आफू विश्वस्त रहेको भन्दै राष्ट्रिय सहमतीको सरकार गठन गर्न आफुहरु तयार रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू