अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

अनुभवमा अघिल्लो व्यस्त सप्तान्त – भोला आचार्य

बिआरटीनेपाल २०७३ माघ ८ गते २३:२३ मा प्रकाशित

अघिल्लो सातान्तले धेरै नेपालीहरूलाई विशेषगरि टेक्सासवासीहरुलाई निकै व्यस्त बनायो । न्युयोर्कको बसाइमा गरिने यसप्रकारको व्यस्तता मैले यतासरेपछि गरेको पहिलो अनुभव हो । डलास सहरमा शुक्रवार बेलुकादेखि सुरु भएको त्यो व्यस्तता आइतबार अवेरसम्म चलेको थियो । समाचार र विचारमा कलम चलाउने मिडियाका साथीहरूले समाचार र विचारका स्रव्य दृश्य सामाग्रीहरू लगातार संप्रेषण गरिरहे । अमेरिकाको व्यस्त जिवनचर्यामा म पछाडि परे । स्थलगतरुपमा प्रत्यक्ष सहभागिता जनाई सकेपछि ढिलै भए पनि मैले पनि केही लेख्ने जमर्को गरेको छु । विषयवस्तु र घटना एउटै भए पनि आआफ्नै दृष्टिकोण र शैली हुन्छन् । मैले देखेका र अनुभव गरेका कुराहरूको फेहरस्ती तपाईँ पाठकवृन्दसँग पस्किने जमर्को गरेको छु ।

जन सम्पर्क समितिको भेटघाट कार्यक्रम
शुक्रवार वेलुकी नेपाली काँग्रेसका नेता एवं नेपाल सरकारका परराष्टमन्त्री डा प्रकाशसरण महत र सोही पार्टीका केन्द्रीय सदस्य युवानेता कल्यान गुरुडको उपस्थितिमा काँग्रेसको प्रवासी सङ्गठन जन सम्पर्क समितिले भेटघाट कार्यक्रम राखेको थियो । कार्यक्रममा कुनैवेला निकै विवादको विषय बनेको समितिले भुकम्पपीडितका नाममा उठाएको रकम मन्त्री डा महतलाई हस्तान्तरण गरेको खबरले जन सम्पर्क समितिलाई विशेषगरि नेतृत्वपंक्तिलाई निकै खुसीको वहार प्रदान गरेको महसुस गर्न सकिन्थ्यो । यसका साथै सोही कारणले विवादित सङ्गठन दुई नेताहरूको रोहवरमा मेलमिलापको समाचार ल्याउन सफल भयो । भोलीपल्टको एनआरएनको कार्यक्रममा भागलिन आएका मन्त्री डा महतको अमेरिका भ्रमणलाई लिएर आलोचना नेपालबाटै शुरुभैसकेको थियो । यसबारे आफ्नो तर्क सार्वजानिक गर्दै भोलीपल्टको एनआरएनको कार्यक्रम स्पष्टीकरण दिँदै थिए । यो कार्यक्रम सानो होइन महत्पूर्ण हो । यो ठुलै हिस्सा हो नेपालको क्षमता र दक्षता भएकाहरुको यो उपस्थितिले विशेष प्रतिनिधित्व गर्दछ । यसोभन्दै गर्दा उनको भ्रमणलाई अधिकांश प्रवासीहरुले आलोचना गर्ने कुरैभएन बरु आफ्नो पनको महसुस गरे । जसको प्रत्यक्ष फाइदा जन सम्पर्क समितिले उठायो । भुकम्पपीडितको नाममा उठेको विवादित बनेको रकम मन्त्रीलाई हस्तान्तरण मात्र गरेन पदाधिकारीवीचको चर्को झगडालाई भित्र कोठामा थामथामथुमथुम पार्दै बाहिर मिलेको सन्देश दिन सफल भयो । यता मन्त्रीको भ्रमण आफ्नै कारणले आलोचनाबाट पुरै वन्चित थिएन ।

एनआरएनको पाँचौ साधारण सभा
भोलिपल्ट अर्थात् शनिवार आयोजित एनआरएन अमेरिकाको कार्यक्रम पाँचौ साधारण सभाको लागि अघिल्लोदिनमै मानिसहरू सभाहल रहेको होटेलमा जम्मा हुदैथिए । उदघाटनको क्रममा कार्यक्रममा देखिएका सांस्कृतिक झाँकीहरुले कार्यक्रमको तयारी र सन्देशलाई बोकेका थिए । वहुभाषा र जातलाई प्रतिनिधित्व गर्दै एकताको सन्देश दिन सफल यस सभाको आयोजनाको लागि स्थानीय आयोजकद्धय संयोजक एवं आयोजक संस्थाका उपाध्यक्ष राम सी पोख्रेल र सहसंयोजक एवं च्याप्टर अध्यक्ष उत्तम लामिछानेलाई धन्यवाद दिन कसैले सायद कन्जुस्याँई गरेहोलान । एनआरएन कार्यक्रम सहभागिताको हिसाबले उदघाटन आकर्षक लाग्यो । भलै अरू फोरमहरु उत्साहजनक थिएनन । नेपालमा निकै आलोचनासंस्थाको मुटु मानिने विधानको चर्को छलफललाई लिएर केही पत्रकार साथीहरूले आफ्नै टिप्पणी गरे तर मैले त्यो छलफललाई स्वभाविक नै ठाने । संस्थाको विधानबारेका छलफल हिउजस्तो चिसो मनभन्दा आगोजस्तै न्यायोपनमा गरिन्छन् ।

यसबाहेक केही महिनावाँकी एनआरएनको चुनावको चहलपहल शुरुभैसकेको महसुस त्यहाँ गर्न सकिन्थ्यो । एनआरएनकै केन्द्रीय उपाध्यक्ष कुमार पन्तको उपस्थितिले केन्द्रीय चुनाव र अमेरिकाको चुनावको झझल्को दिन्थ्यो । स्थानीय आयोजकवाहेक पदाधिकारीहरुसवैलाई चुनाव लागिसकेको रहेछ । हालसम्म सबैभन्दा बढी ठाउँमा उपस्थिति जनाएको जन सम्पर्क समितिका साथीहरूसँग एनआरएनको आसन्न निर्वाचनका पदाधिकारीको जोड घटाउ सुरु भैसकेको रहेछ । पत्रकार साथीहरूको एउटा झुण्ड पनि यसविषयमा छिनोफानो गर्ला जस्तैगरि केही प्रत्यासीहरुको चाकडीमा लिप्त देखिन्थ्यो । कुनैवेला नेपालमा हुँदा प्रधानमन्त्रीको वालुवाटारमा आयोजित पत्रकार भेटघाटको क्रममा चियाको चुस्की खाँदै प्रधानमन्त्री होइन आफै देश चलाइरहेको जस्तो ठान्ने कतिपय पत्रकारको तस्बिर ताजै गरायो । मन्त्री डा महतलाई मुलधारको पत्रकारिताको लागि आवश्यक पर्ने खालका जिग्यासाहरु मैले महत सामु एनआरएन अमेरिकाको कार्यक्रम र आफ्नै संस्थाको भेटघाटमा राखेको थिए । राष्टियताको सवालमा दुई छिमेकीदेशहरु भारत र चीनसँगै नेपालले आपसी सम्बन्धमा सन्तुलन राख्न नसकेको र एनआरएन र नेपाल सरकारको एकअर्काप्रतिको आरोपप्रत्यारोप विशेषगरि भूकम्प र त्यसपछिको पुनर्निमाणको विषयलाई लिएर को विषयमा थियो । यसबारे जवाफ दिँदै मन्त्री डा महतले नेपाल राष्टियताको सवालमा दुवैदेशसँग नझुक्ने खरो टिप्पणी गरेका थिए भने एनआरएनले देशप्रति देखाएको देशभक्ती व्यवहारको कदर गरे ।

नेजा एनआरएन अन्तक्रिया
आइतबार नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले गरेको एनआरएनकै विषयलाई लिएर कार्यक्रम आयोजना गरेको थियो । क्षेत्रीय कोर्डिनेटर किसन रेग्मी र सदस्यदद्धय बाल जोशी र लेखनाथ गौतमको समन्यमा हामीले कार्यक्रम राखेका थियौँ । धेरैसमय पछि भौतिकरुपमा पदाधिकारी साथीहरुसँग भेट गराउन सम्भव गराईदिने टेक्सासमा रहेको नेजा टिमलाई विशेष धन्यवाद दिन चाहन्छु साथै भेटघाटमा संस्थाप्रति वफादार साथीहरू पूर्व अध्यक्ष कृष्ण शर्मा, महासचिव तोया दाहाल, कोषाध्यक्ष शैलेश पोखरेल, क्षेत्रीय संयोजक धुव्र कुवर प्रति पनि आभारी छु । त्यसै गरी नेजासम्वद्ध अन्य आदरणीय साथीहरू सुरेश पोखरेल, केदार तिमिल्सिना, निदेश अधिकारी, विकल पराजुली, सन्तोष न्यौपाने, शरद पोखरेल, विजय घिमिरे, विकासराज न्यौपाने, तारा बराल, वीटु केसी, शेर केसी, सर्वग्य वाग्ले लगायतका भेटले निकै खुसी बनायो । मन्त्री अघिल्लो दिनमै नेपाल फर्केपछि एनआरएनको कार्यक्रममा सहभागी भएका धेरैले यो कार्यक्रममा उपस्थिति जनाए । यसबाहेक परराष्टमन्त्री डा महत र अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीसँग हामीले गरेका औपचारिक एवं अनौपचारिक भेटघाट हाम्रा ठुला उपलव्धीहरु बने । कार्यक्रममा एनआरएन अमेरिकाका वर्तमान अध्यक्ष संस्थाले क्षमता र दक्षतामा अगाडी बढ्दै गरेको दाबी गर्दै थिए । प्रत्यक्ष अप्रत्यक्ष हिसाबले आसन्न निर्वाचनको बारेमा बोल्दै गर्दा एकसेएक अव्वल उमेदवार बन्न सक्ने लक्ष्य देखिन्थ्यो जसमध्ये अध्यक्ष पदका एक जना उमेद्वार गौरी जोशीले आगामी नेतृत्वको लागि आफूलाई चुने आफूले ५ सय जना नेपालीहरूको जीवन परिवर्तन गर्ने आस्वासले धेरैको ध्यान तानेको थियो । त्यस्तै महिलाको तर्फबाट नेतृत्वमा आउन सक्ने अप्रत्यक्ष दाबी गर्दै रविना थापा, वन्दना कोइराला र अन्यपदका प्रत्यासीहरुका भनाईहरु रसपूर्ण थिए ।

एनआरएन अमेरिकाका दुई कार्यकालहरुको समीक्षासहित आसन्न निर्वाचनलाई लिएर हामीले आयोजना गरेको छलफलमा बरु संस्थासम्वद्ध उमेरले पाका तर क्षमताले काँचो वुद्धिभएका साथीहरूको उपस्थिति देखिएन । थाहा गर्दागर्दै पेशागत सङ्गठनको कार्यक्रममा नियोजित ढङ्गले अनुपस्थिति भएको पुष्टि त त्यति बेला भयो जतिवेला उनीहरूको उपस्थिति सोहिदिन आयोजित रात्रिभोजका कार्यक्रममा फुर्सदिलो पारामा देखिन्थ्यो । पेशागत चरित्र छैनभने आफूलाई मिडिया र पत्रकारको संज्ञादिनु हास्यासपद मात्र होइन सरमको विषय पनि हो । एनआरएन अमेरिकाको न्युजर्सीमा आयोजित अघिल्लो कार्यक्रमको शैली विगारेर प्रसङ्ग कोट्याउदै गर्ने औलामा गनिने केही पेशाकर्मीहरुको कुन्ठाको जवाफ म यति मात्र दिन सक्छु कि त्यो घटनाका विषयमा नेजाले निकालेको विज्ञप्ति पेशागत स्वाधीनताको रक्षाका निम्ति थियो । नेजाले सामान्य मर्यादा र विवेक नभएका एनआरएनका खास व्यक्तिहरूको बारेमा प्रतिक्रिया मात्र जनाएको थियो यदि संस्थागत सम्बन्ध नभएको र नराखेको भए यसैपाली पनि सोही संस्थाको विषयमा बहस र छलफल गराउने थिएन ।

विश्व सन्देशको दशौवार्षिक उत्सव
न्युयोर्कमा बस्दै आएका मित्र विजय पौडेलले प्रकाशन गर्दै आएको विश्वसन्देश साप्ताहिकको दशौ वर्षगाँठ आईतवारै आयोजना गरेका थिए । प्रवासमा बसेर पेशागत रूपमा उनले गरेको सफलताको बधाई मैले पनि अंश पाएको महसुस गरे । प्रवासमा रहेका नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल अमेरिका पत्रकार सङ्घको नेतृत्व गरेको वेला यसप्रकारको उपलब्धि महसुस गराउने मित्र पौडेललाई धन्यवाद नदिइरहन सक्तिन । न्युयोर्कबाट प्रकाशित हुँदै आएको आफ्नो पत्रिकालाई नेपालीहरूको बाक्लो बस्ती भएको ठाउँ टेक्सासबाट पनि निकाल्ने उनको सोचलाई खुलेर प्रशंसा गर्दै शुभकामना पनि दिए ।
अन्तिममा आईतवारै आयोजना भएको अन्तिम कार्यक्रमलाई पनि समेटन मन लाग्यो । आदरणीय मित्र डा अंगराज तिमिल्सिनाले आफ्नो भाइको रात्रिभोजमा निम्ता दिएका थिए । तर मित्र तोयाजी वेलुकी फर्किन हतार गरेकाले उनलाई एर्पोटसम्म छोडन म र अर्का मित्र लेखनाथजी गयौँ । झरीले हामीलाई निकै सकस दिएको थियो तर पनि लेखनाथजीको निर्डर सवारी चलाउने सिपको मनमनै कदर गरिरहे । अन्तिमका दुई कार्यक्रमहरू विजयजीको पत्रिकाको वर्षगाँठ र आदरणीय मित्र अंगराज तिमिल्सिनाको भाईवुहारीको विवाहपार्टीमा सहभागिताको हिसाबले खासै न्याय दिन सकिएन ।

माथीका कार्यक्रमको ठुलो उपलब्धि भनेको साथीभाईहरुसँगको भेट थियो । अहिले बिच अमेरिकामा बसेको मलाई आफूले छोडेका ठाउहरु विशेषगरि न्याुयोर्क र कोलोराडोका मित्रहरुसँगको भेटले फरक अर्थ राख्यो । अहिलेसम्म जीवनमा कमाएको चिनजान मात्र भएकाले अमेरिकाको इष्टकोषदेखी वेष्टकोष्टबाट आएका साथीहरूको भेटले आनन्द लिदै म अहिलेको बसाई भएको टेक्सासको लवक सहरमा रहेको आफ्नै घरमा फर्किए । घर फर्किदा पनि मेरो ठाउँ हेर्नको लागि मेरा कलेजका सहपाटी निदेश अधिकारी पनि सँगै थिए । एक दिन बसेर भोलि पल्ट उनी भर्जियातिर लागे । जे होस यसपटकको सप्तान्त हरेक हिसाबले यादगार रह्यो । लेखमा थुप्रै भेटघाट र व्यक्तिविशेषको नाम लिन नसकेकोमा क्षमाप्रार्थी छु ।

प्रतिक्रिया