अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

फेसबुकको चिनजान अश्लील हर्कतमा बदलिएपछि यसरी ठगिर्इंदै छन् महिला !

बिआरटीनेपाल २०७३ माघ ६ गते ७:२६ मा प्रकाशित

पोखराकी लक्ष्मीले एउटा फेसबुक आईडीमा साथी बन्ने अनुरोध (फ्रेन्ड रिक्वेष्ट ) पठाईन । अमेरिकामा बस्ने ती युवकको आईडीमा उनले पठाएको रिक्वेस्ट केही बेरमै एसेप्ट भयो । एसेप्ट भए लगत्तै उनीहरु कुराकानी गर्न थाले । सामान्य परिचय गरेर बिहान छुटेका उनीहरु साँझको खाना खाएपछि फेरि कुरा गर्न थाले । र ती युवा सामाजिक सञ्जाल फेसबुकमा लक्ष्मीका सबैभन्दा नजिकका साथी बने । केही समय अघिमात्रै लक्ष्मीका श्रीमान अवैध रुपमा दिल्ली सिंगापुर पानामा मेक्सिको हुँदै अमेरिका छिरेका थिए ।

श्रीमान नभएकी लक्ष्मीलाई आफ्नो फुर्सदको सदुपयोग गर्न समेत साथीको खाँचो थियो । च्याटमा गफिन मजा मान्ने लक्ष्मीको जागिर, व्यवसाय वा पेशा नभएकाले उनको प्रशस्त समय तिनै युवकसँगको च्याटमा बित्न थाल्यो । च्याटमा सुरुमा त सामान्य कामकाज खानपान, उठबस र चिनजानीकै कुराकानी भएपनि बिस्तारै उनीहरुको च्याटले अर्को मोड लियो ।

पोखरामा रहेकी लक्ष्मी र काठमाडौंमा रहेका सिग्देल थरका युवक यति नजिकिए की दुवैले आफ्नो इज्जत परिवार र सामाजिक मयार्दाको समेत ख्याल गरेनन् । अश्लील शब्द हुँदै अश्लील र नांगा फोटाहरु उनीहरुबीच आदानप्रदान हुन थाल्यो । भिडियो सम्वादमा दुवैले सामाजिक सम्बन्धको दायरा नाघ्दै गए । सामाजिक सञ्जालमै गोपनियताको कुनै हद बाँकी नराखेकी लक्ष्मीलाई अहिले त्यही घनिष्ट सम्बन्ध जीवनकै ठूलो भुल सावित भएको छ ।

फेसबुकमा श्रीमानको भन्दा धेरै माया देखाएका ती युवकले हरेक दिन लाखाैं पैसा माग गर्न थालेपछि भने उनी आफू बिष पिएर मर्ने अवस्थामा पुगेको बताउँछिन् । कहिले मोबाईल किन्ने त कहिले बाईक त कहिले दैनिक खर्च भन्दै सानो रकम धेरै पहिलेदेखि लिंदै आएका भएपनि पछिल्लो दिन धेरै रकमको माग गर्न थालेपछि भने उनलाई मर्नु न बाँच्नु भएको उनी सुनाउँछिन् । यति सम्मकी उनले फेसबुकमा पठाएको लक्ष्मीको अश्लील फोटो, भिडियो साथीले भेटेकाले उसलाई फकाउन भन्दै एकमुष्ट तीन लाखसम्म दिनुपरेको लक्ष्मीले गुनासो गरिन् । प्रहरीमा जाउँ २ बालबच्चाकी आमा झन बेइज्जत हुने डर नजाउ त कहिलेसम्म पैसा दिएर उसलाई फकाउने लक्ष्मीले गुनासो गरिन् ।

सामाजिक सञ्जाल फेसबुकले समस्यामा परेकी लक्ष्मीजस्तै काठमाडौंकी अर्की एक महिलाले पनि यस्तै गुनासो बोकेर प्रहरीकोमा पुगेकी छन् । फेसबुकमा साथी बनेका युवाले अमेरिकाबाट पठाएको २० लाख रुपैयाँको उपहार लिन आठ लाख खर्च गरेकी उनी अन्तत: ठगिएको भन्दै प्रहरीमा उजुरी गर्न पुगिन् ।  फेसबुकमा नजिएका उनीहरु काठमाडौदेखि अमेरिकामा फेसबुकका माध्यमबाट विभिन्न कुराकानी गरे कुराकानीकै क्रममा नजिकिएका उनीहरुले प्रेमि प्रेमिका बनेर विभिन्न अश्लील संवाद र दृश्यहरु समेत आदानप्रदान गरे । अन्ततः २० लाख पर्ने उपहार पठाउन भन्दै पार्सल खर्चको रुपमा ठूलो रकम लिएका ती युवा महिलाको अश्लील दृश्यको रेकर्ड सहितको उक्त रकम लिएर सामाजिक सञ्जालबाटैे हराएपछि ती महिला प्रहरीकोमा उजुरी लिएर पुगेकी हुन् ।

प्रहरीको अनुसन्धानमा उनलाई उपहार पठाउन लाग्ने भन्सार महसुल भन्दै भारत र भैरहवाबाट फोन गरी रकम मागिएको थियो । केही लाख खर्च गरेर लाखौंको सामाग्री पाउने चाहानामा उनले आठ लाख गुमाएको अनुसन्धानमा खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी अपराध महाशाखाको साईबर सेलमा फेसबुक लगायतका सामाजिक सञ्जाललाई माध्यम बनाएर ठगिएका दर्जन बढी उजुरी परेका छन् । अचम्म त यो छ अधिकांश उजुरीमा पात्र भिन्दै तर प्रकृति एउटै छ । महाशाखाका अनुसार यस्ता घटनामा ठगिने सबै महिला छन् ।

प्रहरीका अनुसार केही घटना नेपालभित्रै भएपनि अधिकांश खाडी मुलुक, अष्ट्रेलिया, जापान, अमेरिका र युरोपमा रहेका नेपालीको संलग्नता रहेको छ । यसबाहेक भारतबाट समेत केही घटना भएका छन् । प्रहरीका अनुसार यस्ता घटनामा सबैभन्दा बढी विदेशमा श्रीमान हुने परिवारमा केही नगद वा सम्पत्तिको पुगिसरी वा श्रीमानको नियमित आम्दानी तर फुर्सदिला भएका महिला बढी परेका छन् ।  सबैभन्दा बढी फुर्सदिला गृहिणीहरु यस्तो घटनामा मुछिएको पाईएपनि केही जागिरे र कामकाजी महिलासमेत गिरोहबाट ठगिएकोे अनुसन्धानमा देखिएको छ ।

यस्ता घटनाहरु दैनिक रुपमा घटिरहेको भएपनि सामाजिक सञ्जालको प्रयोगमा हुने असावधानी र छिट्टै विश्वास गर्ने परिपाटीका कारण यस्ता घटना बढेको प्रहरीको बुझाई छ । जसले जुनसुकै बेला थप अप्रिय घटना घट्न सक्ने देखिन्छ । यसलाई रोक्न स्वयं महिलाहरु बढी सचेत हुनुपर्ने देखिन्छ ।

 

 

 

स्रोत:टिभी अन्नपूर्ण

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू