अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

डालसबाटै सुरु भयो केन्द्रिय समितिको एकता यात्रा

बिआरटीनेपाल २०७३ माघ ५ गते ११:२८ मा प्रकाशित

दुई बर्ष भन्दा अघि एकताको अधिबेशन सम्पन्न गरी टेक्सासको डालसबाट निस्किएको नेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय समिती यात्राका क्रममा देखिएका सामान्य समस्याहरुलाई चिर्दै फेरी डालसबाटै एकताको यात्रामा हिंड्न अघि बढेको छ ।

टेक्सासको डालसमा आयोजित एनआरएन अमेरिकाको पांचौं साधारण सभामा भाग लिन जम्मा भएको अवसर छोपेर नेजस, केन्द्रिय समितिका उपलब्ध पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु र महाधिबेशन सदस्यहरुको संयुक्त प्रयासपछिको औपचारिक बैठकले बिगतका झिना-मसिना कुराहरुलाई छाडेर प्रवासी सामुदायिक सेवामा एक ढिक्का भएर अघि बढ्ने निर्णय गरेको हो ।

एनआरएन अमेरिकाको साधारण सभामा प्रमुख अतिथिको रुपमा भाग लिन आउनुभएका नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य तथा परराष्ट्र मन्त्री डा। प्रकाशशरण महत र नेपाली कांग्रेसका बैचारिक नेता केन्द्रिय सदस्य कल्याण गुरुङ्गको उपस्थिती, पहल र सल्लाह सुझावमा बाहिर देखिएको भनिएको विवादलाई नेजसको एकताको भुमी डालसमै छाडेर एक भई अघि बढ्ने निर्णय गरिएको छ ।

नेपाली जनसम्पर्क समितिका नाममा भनिएका कारवाहीहरु, गरिएका केही निर्णयहरु र संगठनलाई मजबुत बनाउन आगामी दिनमा एक भई अघि बढ्ने बाटो तयका लागि बिगत बिर्सेंर संस्थालाई सहमतीको निर्णयका आधारमा अघि बढाईने निर्णयमा उपस्थित केन्द्रिय समितिका उपलब्ध २० जना सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

भुकम्प पीडितका लागि संकलन गरिएको रकम केन्द्रिय सभापति आनद बिष्टले परराष्ट्र मन्त्री डा. महतलाई हस्तान्तरण गरिसकिएको छ भने संगठनका साना(तिना असमझदारीहरुलाई निराकरणका लागि सभापति लगायत केन्द्रिय समिति सदस्यहरुको पहलमा सम्पन्न केन्द्रिय समितिको निर्णयले गरेको छ ।

डालसबाट शुरुभएको एकताको अधिबेशन पश्चात बिचमा देखिएको सामान्य समस्याको समाधानका लागि डालसमै सम्पन्न एकता वार्ताको सफलताको लागि भूमिका खेल्ने सबैलाई सभापति बिष्टले धन्यवाद ब्यक्त गरेका छन् ।

यसैगरी केन्द्रिय समितिका पदाधिकारीहरु, महासमिती सदस्यहरु र केन्द्रिय सदस्यहरु एकताको यो अर्को चरणको नयाँ शुरुवातले बक्तब्य मार्फत आफुहरु यो कार्यले अत्यन्त खुसी भएको बताईएको छ ।

केन्द्रिय समितिको बैठकमा उपस्थित पदाधिकारी तथा सदस्यहरु:
-पहिलो बैठकमा : पार्टी केन्द्रिय सदस्य तथा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत
-दोस्रो बैठकमा : पार्टी केन्द्रिय सदस्य कल्याणकुमार गुरुङ ।

 

-सभापती : आनन्द बिष्ट

-पुर्व-संयोजक एवम केद्रिय सदस्य : बिष्णु सुबेदी

-बरिश्ठ उपसभापती : धनन्जयनरसिंह के सी

-उपसभापती : सि पि पौडेल

-उपसभापती : धर्मा श्रेष्ठ

-उपसभापती : भगवान मैनाली

-महासचिव : मुनिन्द्र नेम्वाङ

-सचिव : भोजराज ठोकर

-कोशाध्यक्ष : बिजय थुलुङ्ग

सदस्यहरु :
-बेदप्रसाद खरेल
-ओम भट्टराई
-सुन्दर गुरुङ्ग
-प्रमोद सिटौला
-सन्तोष पहारी
-चन्द्र धिताल
–गोकुल ढकाल
-प्रमानन्द खनाल
-हरिबोल भन्डारी
-ज्ञानेन्द्र कार्की

महासमिती सदस्य :

-हेमराज भट्ट
गोकुल ढकाल

केन्द्रिय सदस्य एवम प्रचार बिभाग प्रमुख
नेपाली जनसम्पर्क समिती, अमेरिका
केन्द्रिय समिती ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू