अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

फ्लोरिडा ओरल्यान्डो रात्रिकल्ब हत्याकाण्डका अभियुक्त कि पत्नीलाई क्यालिफोर्नियाबाट पक्राउ

बिआरटीनेपाल २०७३ माघ ३ गते २०:२४ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको ओरल्यान्डो रात्रिकल्ब हत्याकाण्डका अभियुक्त ओमार माटिन कि पत्नी नूर सलमानलाई सङ्घीय अनुसन्धान विभाग (एफबि आई ) ले क्यालिफोर्नियाबाट पक्राउ गरेको छ l गत वर्ष जुन महिना ओमार माटिनले समलैंगिक रात्रि कल्बमा अन्धा धुन्ध गोली चलाउदा ४९ जनाको ज्यान लिएका थिए l यसै सम्बन्धी जाच पड्ताल गर्न उनकी पत्नीलाई क्यालिफोर्नियाबाट समातिएको जानकारी अमेरिकाका महा-न्यायाधिवक्ताले आज दिएका छन् l

यो गम्भीर कुरा भएकोले हामी अत्यन्तै गम्भीरता पूर्वक लिएका छौ भनेकी छन् l उनलाई सन फ्रान्सिस्कोको घरबाट पक्राउ गरेको पहिला समाचार न्यु योर्क टाइम्सले प्रकाशित गरेको थियो l सलमानलाई न्यायलाई अवरोध गरेको र विदेशी आतङ्कवादी सङ्गठनलाई सामग्री सहयोग गरेकोमा मुद्धा चलाइने भनी सङ्घीय अनुसन्धान विभागले जनाएको सीएनएनमा समाचार छ l

नर संहार गर्ने ओमार माटिन कि पत्नी नूर सलमान आफ्नो पतिले आक्रमण गरे पछि उनी सन् फ्रान्सिस्को गएकी थिइन् भने भोलि मङ्गलवार जनवरी १७ तारिख अदालतमा हाजिर हुने छिन् भनी समाचार लेखेको छ l
सलमानले गत नोवेम्बर महिनामा उनका वकिल साथ भएको समयमा न्यु योर्क टाइम्ससँग ओमारको आक्रमण गर्ने योजना आफूलाई थाहा नभएको बताएकी थिइन् l सबै कुराको मलाई ज्ञान छैन र म दुखित छु र ओमारले धेरैको चित्त दुखाएकोमा म दुखी छु भनेकी थिइन् l

अनुसन्धानको क्रममा आक्रमण पछि केरकार गर्ने क्रममा उनको बयान फरक भएको छ l नर संहारका अभियुक्त ओमारकि पत्नी सलमान प्यालेस्ती नियन अमेरिकन हुन् भने क्यालिफोर्नियामा बढेकी हुन् l तर माटिन न्युयोर्कमा जन्मेका अफ़ग़ानिस्तान आप्रवासी हुन् l फ्लोरिडाओ फोर्ट पिएर्समा बस्थे भने गाडी भाडामा लिएर ओरल्यान्डो मा गएर ४९ जनालाई मारेका थिए

माटिनले आक्रमण गर्नु अगाडी १ हजार डलर दिएर क्यालिफोर्निया आफ्नो ३ वर्षको छोरो लिएर जा भनेका थिए l आक्रमण कै क्रममा उनकी पत्नीले कहाँ छस भनी सोधेको र के के भई रहेको छ तलाई थाहा छ समेत दोहोरो संदेश आदान प्रदान भएको समेत श्रोतले जनाएको एनबिसीमा समाचार छ l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू