अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२२ | Colorodo: 10:37

पूर्ब राजा स्वदेश फिर्ता, आफन्तलाई मात्र जानकारी दिईएकाले समर्थकहरु पनि स्वागतमा छुटे(तस्विर र भिडियो)

बिआरटीनेपाल २०७३ पुष २८ गते ३:२० मा प्रकाशित

करिब २ साताको थाईल्याण्ड बसाई पश्चात पूर्ब राजा ज्ञानेन्द्र शाह आज साढे बाह्र बजे स्वदेश फिर्ता भएका छन् । पूर्बराजा ज्ञानेन्द्र संगै पूर्ब रानी कोमल पनि स्वदेश फिर्ता भएकी हुन् ।

पूर्ब राजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्कने कुरा उनका नजिकका आफन्त बाहेक कसैलाई जानकारी नदिइएकाले पूर्व राजाका समर्थकहरु पनि यो पटक उनको स्वागतमा छुटेका छन् ।

पछिल्लो समयमा पूर्ब राजाको निरन्तर बक्तब्य र देशप्रतिको चासोले पुनः दबिएर बसेका राजसंस्था समर्थकहरु पनि खुलेर प्रश्तुत हुन थालेका छन् । त्यसैगरी मौन बसेका राजसंस्था समर्थकहरु र अरु दलमा छिरेका पुराना समर्थकहरु पनि पूर्ब राजाको समर्थनमा उत्रिएको देखिन थालेका छन् ।

२०६२\६३ को परिवर्तन पछि एमाले प्रवेश गरेका पञ्च्यायत समर्थक कटक बहादुर कठायत पनि आज राजाको स्वागत गर्न एअरपोर्ट पुगेको देखियो । उनले भने, म एमालेमा प्रवेश गरेपनि दरबारको समर्थक थिएं र अहिले पनि हो । कुनै पार्टिमा प्रवेश गर्दैमा दरबार नमान्ने भन्ने हुन्छ र ? राजा त सबैका साझा पो हुन, उनि कुनै दलका प्रतिनिधी त होईनन् । कठायतको बुझाईमा देशमा पुनः राजसंस्था आउनुपर्छ तब मात्रै राष्ट्रिय एकताको जग बलियो हुन सक्छ ।

पुस ६ गतेको कठयाग्रिंदो जाडोमा आएको पूर्ब राजाको बिज्ञप्तिले एकाएक नेपाली राजनीतिलाई ततायो । पूर्ब राजाको उक्त बक्तब्यको बिरोध र समर्थनमा सत्ता साझेदार र देशका ठूला नेताहरु पनि बोले । पूर्ब राजाको बक्तब्यको समर्थनमा जनताहरु पनि सामाजिक संजालमा सक्रिय भए । जन्मजातै दरबार र राष्ट्रियताको नारा लगाउने राष्ट्रिय सरोकार मंच पछि हटने कुरो थिएन, पूर्ब राजाको बक्तब्यको समर्थनमा पछिल्लो दिन बृहत दलबलका साथ राजधानीको मुटु रत्नपार्कमा समर्थन सभाको आयोजना गर्यो । सरोकार मंच शान्ति बाटिकामा मात्र सिमित रहेन, बिरगंज र धनगढीमा पनि समर्थनमा रयाली र बिज्ञप्तिहरु निकाल्यो ।

हिजो मात्रैं पृथ्वी जयन्ती मनाउन सिंहदरबारको पृथ्वी शालिक अगाडि जम्मा भएकाहरुमा थोरै मात्रामा भएपनि पूर्ब पंचहरु र तत्कालिन पंच्यायत समर्थकहरु देखिए । पृथ्वीनारायण शाहलाई माल्यार्पण गर्ने बहानामै भएपनि उनिहरुले लामो समयपछि राजाको कार्यक्रममा उपस्थित हुन पाउँदा हर्ष महशुष गरेको देखियों । राजा बिरेन्द्रको समयमा दरबारको बिशेष अधिकृत समेत रहेका डा. शाष्त्रदत्त पन्त, पशुपति शमशेर जबरा लगायत पुराना राजसंस्था समर्थकहरु कार्यक्रममा देखिए ।

पूर्ब राजाको निरन्तर बिज्ञप्ति र देशप्रतिको चाँसो तथा सुतेर बसेका राजसंस्था समर्थकहरु बिउझदै जानु र सक्रिय हुंदै जानुले राजसंस्था पुनः स्थापित होला त भन्ने प्रश्न आम सर्बसाधारणमा देखिन्छ । अर्कातिर सामाजिक संजाल लगायत चिया पसलमा राजाको समर्थनमा हुने बहसहरुले राजनैतिक उथल पुथलको अनुमान गर्न सक्ने प्रशस्त ठाउँ देखिन्छन् ।

तस्विर:किशोर खड्का

(भिडियो)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू