अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०२ | Colorodo: 17:17

आहा गोल्ड कप खेल्न नेपाली अमेरिकन भकुण्डो टोली जनवरी १२ मा नेपाल उड्ने

बिआरटीनेपाल २०७३ पुष २७ गते २२:४२ मा प्रकाशित

जनवरी ११ , वासिङ्टन डिसी / पोखरामा सञ्चालन हुने आहा रारा गोल्ड कप खेल्न नेपाल जाने अमेरिकन भकुण्डो टोली जनवरी १२ तारिख नेपाल उड्ने पक्का भएको छ l आज डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजित खेलाडीहरुलाई बिदाइ तथा शुभकामना कार्यक्रममा उक्त कुराको जानकारी दिइएको छ l

अमेरिकाको फिला डेल्फियाबाट अधिकांश खेलाडीहरु नेपाल जाने तय भएको छ l आज भएको बिदाइ तथा शुभकामना कार्यक्रममा अन्तिम समयमा आएर हिजो राति मात्र हवाई जहाजको टिकट लिइएको जानकारी दिइएको छ

गत डिसेम्बर १९ तारिख १८ जना खेलाड़ी तथा ६ जना आरक्षित खेलाड़ीहरु सहित नेपाल जाने सूचि तैयार गरिएको थियो l आगामी जनवरी १७ तारिख देखि २८ तारिख सम्म पोखरामा आयोजना हुने अंतरराष्ट्रिय स्तरीय आहा गोल्ड कप प्रतियोगिताको लागि उत्कृष्ट खेलाड़ीको छनौट घोषणा गरेको थियो l 

कार्यक्रममा एएनए नेपाल अमेरिकन भकुण्डो टोलीका संयोजक चन्द्र लामाले हामी जित्ने छौ भनेर जान लागेको बताए l लामाले खेलमा अनुशासन भन्ने सबै भन्दा ठुलो कुरा रहने बताए l

खेलाडीहरुलाई प्रोत्साहन दिन शुभकामना दिने क्रममा पूर्व राष्ट्रिय खेलाडी बिना खड्काले यो कार्यक्रमको लागि धेरै दुख पाइयो भन्दै अन्तिममा सुख पाएकोले सबै बिर्सेको बताईन l राम्रो कामको लागि दुख गर्नु राम्रो कुरा बताइन l अनुसासनलाई ध्यान दिन अनुरोध गर्दै प्रशिक्षकको कुरा सुन्नु पर्ने बताईन l

डिसी क्षेत्रमा बसोबास गर्ने प्राध्यापक गोपी उप्रेती(बिद्या वारिधि )ले खेलाडीलाई सम्बोधन गर्दै यहाहरुले इतिहास बनाउदै हुनु हुन्छ भनी खेलाडीलाई प्रोत्साहन गरेका थिए l यो सबै भन्दा राम्रो अवसर भन्दै शुभकामना दिएका थिए l शुभकामना दिँदै कृष्ण भण्डारी तथा कमल भुषालले उत्कृष्ट खेलाडी रहेकाले जित्ने आशा लागेको बताए l

शुभकामना मन्तव्य दिने क्रममा एरो ट्राभल्स का सञ्चालक राकेश तुलाधरले पनि शुभकामना दिँदै खेलाडीलाई सम्झाउदै यहाहरु उत्प्रेरित हुनु पर्छ भने l नेपाल जाने खेलाडी विज्ञान श्रेष्ठले एएनएलाई विशेष धन्यवाद दिँदै हिजो सम्म टिकट को अतोपत्तो नभएको तर रातारात व्यवस्थापन गरेकोमा हर्ष व्यक्त गरे l

नेपाल अमेरिकन भकुण्डो टोली नेता प्रलय राज भण्डारीले एएनएलाई धन्यवाद दिँदै हामी खेल्न गएका हौ भने l हाम्रो पहिलो प्राथमिकता भनेको खेल हो परिवार दोस्रो हो भने l

एएनएका अन्तरिम सभापति मेदिनी अधिकारीले सबैलाई कुनै पनि परिणाम लिन सजिलो छैन l समूहमा जोस हुनु पर्छ l मन्तव्य कै क्रममा नेपाल जाने खेलाडी सबैलाई आजीवन सदस्य बन्न आग्रह समेत गरे l र खेलाडीलाई एएनएन बन्न र नेपाल जानु अगाडी हौसला प्रदान गर्न सपथ ग्रहण गराए l अधिकारीले पनि खेलाडीमा अनुशासन हुनु पर्ने र आफूले आफैलाई गर्व गरौँ भन्दै आहा गोल्ड कप जितेर ल्याउन प्रोत्साहन गरे l

बिदाइ तथा शुभकामना दिने क्रममा वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले खेलाडीलाई शुभकामना दिँदै उत्तर अमेरिका कै इतिहासमा पहिलो पटक अमेरिकाबाट दोश्रा पुस्ताका खेलाडी मातृभूमि भकुण्डो खेल्न जाने अवसर पाएकोमा हर्ष लागेको बताए l छोटो समयमा यसको तारतम्य मिल्न गएको र कसरी सम्पूर्ण खेलाडीलाई यत्रो ठुलो खर्च जुटाउन सकियो भन्ने बारेमा संक्षेपमा कुरा राखे l

उनले अगाडी भने आर्थिक पारदर्शिताको कुरा आउँछ भन्दै यो व्यक्तिगत भन्दा समूहको कुरा हो भन्दै संस्थाले गरेको कुरा सार्वजनिक हुनु पर्छ भने l र जितेर आउने छौ भनेर सबै खेलाडीलाई उत्प्रेरणा गरे l

गत डिसेम्बर १७ तारिख डिसीमा भएको छनौटको खेलमा सबै खेलाडीलाई हौसला प्रदान गर्नुको साथै अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की (बिद्या वारिधि )ले शुभकामना दिएका थिए भने आज भएको बिदाइ कार्यक्रममा पनि शुभकामना संदेश पठाएका थिए l अमेरिकामा सन १९८३ मा स्थापना भएको दी एसोसिएसन अफ नेपालीज इन अमेरिका ( एएनएन) को यो एक महत्वकांक्षी परियोजना हो l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू