अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

प्रमोद खरेलको ‘सम्झेर फेरी’मा दिपेन र मन्जिताको रोमान्स (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष २६ गते ०:३७ मा प्रकाशित

मोडल दिपेन खड्काको मन्जिता केसीसँगको रोमान्स सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको नयाँ गीत ‘सम्झेर फेरी..’को भिडियो सार्वजनिक भएको छ । जसमा यी दुबैको रोमान्स देख्न सकिन्छ ।

यु–ट्युट मार्फत सार्वजनिक गीतको भिडियो गीतलाई झनै सिगार्ने खालको आकर्षक बनेको छ । भिडियो सार्वजनिक भएपछि गीतको पनि चर्चा चुलिएको छ ।

भिडियो दिपेश खड्का र मन्जिता केसी माथी फिचरिङ गरिएको छ । ट्रयाजेटी थिममा तयार पारिएको भिडियोमा मोडल दिपेन युवा र अर्धबैशे भुमिकामा देखिएका छन् । भिडियोमा दिपेन र मन्जिताको कमेन्ट्री राम्रो जमेको छ ।

दिपेन पछिल्लो समय उदाएका मोडल हुन् । छोटो समयमै धेरै म्युजिक भिडियोमा देखिन सफल उनी हरेक महिला मोडलसँग जोडी बाध्न सुहाउँने पुरुष मोडलमा पर्दछन् । अभिनयमा समेत दख्खल दिपेनले यो भिडियोमा पनि तारिफ योग्य काम गरेका छन् ।

गीतमा शंकर देव कडेलको शब्द रहेको छ भने संगीत चिरन्जिबी भण्डारीले दिएका छन् । देबेन्द्र खड्काले निर्देशन गरेको भिडियोमा अम्रितको छायाँकन र माधव बेल्बासेको सम्पादन रहेको छ । गीत सान्नानी एल्बममा भित्र अटाएको छ ।

 

प्रतिक्रिया