अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

अमेरिकामा नेपाली चेली रिनाको हत्या, आरोपी उनका पति भारतीय मूलका जादव पक्राउ, अदालतको सुनुवाइ जारी

बिआरटीनेपाल २०७३ पुष २१ गते २२:५० मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा बसोबास गर्ने ३० वर्षीय नेपाली चेली रिना जादव (श्रेष्ठ )को हत्या भएको समाचार छ । उनी मृत अवस्थामा फेला पर्दा उनका पतिको कपडाले बेरिएको प्रहरीले प्राप्त गरेको छ । उनलाई भुत्ते हतियारद्वारा बलपूर्वक हिर्काएर मारिएको ठहर चिकित्सा अनुसन्धान परीक्षण अधिकारीले गरेका छन्

हानोभर काउन्टी प्रहरी अधिकृत अनुसार उनलाई मारिएको भोलि पल्ट आफू बस्ने घर नजिकै बारीमा उनको लास फेला पारेको थियो l उनको पति हर्षद कुमार जादवलाई पत्नीको हत्या गरेको अभियोगमा पकाउ गरेर मुद्धा चलाईएको छ ।

भारतीय मूलका ३३ वर्षीय कम्पुटर प्रोग्रामरले जब उनलाई उनको घरमा पक्राउ गरियो उनको साथमा १० हजार डलर नगद तथा राहदानी समेत प्राप्त भएको अदालतमा वादीले बताएका थिए l

आरोपी जादव भाग्ने सुरमा हुन् सक्ने बताएता पनि उनका वकिलले त्यो कानुनी परामर्शको लागि उनले रकम ल्याएको कुरा तर्क गरेका छन् । उनले धरौटीमा छुट्ने निवेदनलाई अदालतले अस्वीकार गएकोमा मृतक रिनाको दाजु गौरबजी श्रेष्ठले हर्ष व्यक्त गरेको कुरा उनले सिविएस ६ लाई इमेल मार्फत जानकारी दिएको डब्लुटिभीआर डट कममा समाचार छ ।

दाजु गौरव जी श्रेष्ठले रिनाले न्याय पाउने छिन् भन्ने कुरामा समेत आशाबादी रहेको उक्त पत्रिकामा दिएको अन्तर्वार्तामा लेखेको छ । उनले ३० वर्ष सम्मसंगै बसेकी आफ्नी बैनीको हरेक कुरा सम्झना रहेको र झल्झली याद आउने उनले बताएका थिए ।

छिमेकिहरुले दिएको बयान अनुसार हत्या हुने दिन राति ११ बजे तिर चिच्याएको आवाज सुनिएको समेत बताएका थिए l हत्या भएको अर्को दिन बिहान ५ बजेर ४३ मिनेटमा रिनाको लास हानओभर काउन्टी प्रहरी कार्यालयले फेला परेको थियो l मृतक रिना र आरोपी उनका पति हर्षद कुमार जादव अर्कार्ड मिडो सडकको १० हजार १ सय भवनमा बस्दथे ।

रिनाको विवाह भएको ४ वर्ष भएता पनि सन्तान नभएको उनका दाजुले जानकारी दिएका थिए । अमेरिकाको श्रम दिवसको दिन बिहान रिनाको शव नजिक सवारी साधनको गाडीको बत्ती बलिरहेको र चालक तर्फको ढोका पनि खुला पाइएको थियो l उनका पतिलाई हानओभर काउन्टी सर्कुट अदालत बाट गिरफ्तारी अधिकार लिदै प्रहरीले रिनाको पतिको घरमा छापा मरेको थियो l

हर्षद कुमार जादव

दाजु गौरवका अनुसार आफ्नी बैनी निकै प्रतिभाशाली कलाकार समेत रहेको बताएका छन् l श्रोत अनुसार रिना चित्र कला बनाउन रमाउने र बासुरी समेत बजाउने गर्ने गर्थिन । बैङ्कमा काम गर्ने बताएका थिए l हर्षद कुमार जादवलाई पामुङ्के क्षेत्रीय कारागारमा राखिएको जानकारी प्रहरी अधिकृतले दिएका छन् l

रिनाको हत्या गत सेम्टेम्बर ५, २०१६ तारिखमा भएको हो भने उनका आरोपी पति हर्षद कुमार जादवलाई सेम्प्टेम्बर १२ ,२०१६ तारिखमा गिरफ्तार गरिएको छ l रिनाको दाह संस्कार सेप्टेम्बर १०, २०१६ तारिख रिचमण्ड स्थित ब्लिलेज स्टाप्ल्स मिलमा नजदिक का आफन्त तथा नातेदार बिच गरिएको समाचार स्थानीय पत्र पत्रिकाले लेखेका छन् l

हत्याका आरोपी हर्षद कुमार जादवको अदालती प्रारम्भिक सुनुवाइ गत डिसेम्बर १५, २०१६ तारिख १ :३० बजे हानोभर जुभेनाइल एण्ड डोमेस्टिक रिलेसन डिस्ट्रिक कोर्टमा रहेको थियो l

स्थानीय पत्र पत्रिका ,प्रहरी तथा भिडियो समेतका सम्पूर्ण जानकारी : तस्बिर तथा समाचार स्रोतहरू :
HCSO – UPDATE 3- Death Investigation-September 2016
http://wtvr.com/2016/09/15/weapon-used-to-kill-hanover-woman-found-in-husbands-clothes-lawyers-said/
http://www.richmond.com/obituaries/article_e052b058-2ed5-527b-af3b-544db891d85e.html
http://www.richmond.com/news/local/crime/article_6b066ae1-18a1-5424-a888-0b81e71eff0d.html
http://www.legacy.com/obituaries/richmond-va/obituary.aspx?n=reena-jadav&pid=181349637
http://www.nbc12.com/story/33026430/mechanicsville-woman-identified-in-hanover-death-investigation

 

Sunil Thapa

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू