अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 19:07

संघीय समाजवादी फोरम संगठन बिस्तार अभियान लिएर गाउँ प्रवेश

बिआरटीनेपाल २०७३ पुष २१ गते ९:१० मा प्रकाशित

संघीय समाजवादी फोरम नेपाल बाँकेले संगठन बिस्तारको अभियान लिएर गाउँमा प्रवेश गरेको छ । संगठन विस्तार गर्ने क्रममा पिप्रहवा गा.वि.स.मा विजय वर्माको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा सागिर हल्वाई, सचिवमा गुरुदयाल सिंह सरदार रहेका छन् ।

यसैगरी बेलहारी गा.वि.स.मा भगवान शरण यादवको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । कार्य समितिको उपाध्यक्षमा हमीद अहमद हल्वाई, सचिवमा रहिस हरिजन रहेका छन् । जिल्लाका अन्य गाविसमा पनि संगठन विस्तार हुने कार्य तिब्रगतिमा संचालनमा रहेको पूर्व मन्त्री एवं संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य मो. इस्तियाक राईले बताए ।

पूर्व मन्त्री राईले भविष्यमा हुने स्थानीय निर्वाचनलाई मध्यनजर राखी संगठन विस्तार गर्दै जाने बताउदै यसबाट नेपालको प्रत्येक प्रशासनीक निकायमा मधेशी जनताको पहुँच हुने विस्तास व्यक्त गरे ।

संगठन विस्तार गर्ने कार्यमा संघीय समाजवादी फोरम नेपाल बाँकेका जिल्ला अध्यक्ष कमरुदीन राई,संघीय समाजवादी फोरम नेपाल बाँकेका जिल्ला सदस्य समसुल हक राईलगायतका नेताहरुको उपस्थिती रहने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू