अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१९ | Colorodo: 09:34

‘भेडेटार खाना महोत्सव’मा १५ हजार भारतिय संगै ३५ हजार पर्यटक सहभागी

बिआरटीनेपाल २०७३ पुष २१ गते ६:५७ मा प्रकाशित

१५ हजार भारतिय सगै ३५ हजार पर्यटकलाई स्वागत गर्दै पाचौ भेडेटार खाना महोत्सव सकिएको छ । पर्यटन विकासमा सहयोग पु¥याउने उद्धेश्यले पर्यटकिय स्थल भेडेटारमा भएको महोसत्सव ५० लाखको आर्थिक कारोबार गर्दै सोमबार सकिएकोे हो

अंग्रजी नयाँ वर्षको अवशर पारेर आयोजना गरिएको महोत्सवमा जातिय खाना, घरेलु उद्योगका सामग्रीहरु, फलफुल, पेय पदार्थ र मासुको ब्यापार राम्रो भएको छ । महोत्सवमा लिम्बु, राई, मगर, नेवारी लगायत जातिय खानाका परिकारहरु, घरेलु उद्योग, जातिय झाँकी र सास्कृतिक कार्यक्रम आकर्षण थपेको थियो ।

महोत्सवमा राई जातीको वाचिप्पा(तिते), लिम्बु जातीको याङवेन(झ्याउ) र नेवारी मिक्स परिकार, याम्फु जातीको कोदोको रोटी(चरिप्पा)ले मात्रै तीन लाख भन्दा बढीको कारोबार गरेको होटल एशोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दाल राईले बताए ।

जातिय परिकार तथा झाँकी सगै नेपालको चर्चित ब्याड रविन एण्ड द न्यु रिभोलुसनले समेत नेपाली मात्र नभई भारतियहरुलाई भरपुर मनोरञ्जन दिएको थियो । रविनको प्रस्तुतीमा भारतिय पर्यटकहरु नया वर्ष अर्थात जनवरि १ मा साझ देखी राती सम्म झुमेका थिए । ब्याण्ड सहित भेडेटार पुगेका रविनले दम मारो दम…. जति माया लाए पनि.., नेपाल मेरो गुलाबको काडा.., चिसो चिसो हावा.., लगायत एक प्रस्तुत गरे भने होत्सवमा पुर्वाञ्चलको चर्चित ब्याण्ड चर्चित ब्याण्ड द आउट साइडर ब्याण्ड, अन्जु गौतम लगाएतका कलाकारहरुले समेत गीत प्रस्तुत गरेका थिए ।
महोत्सवमा अवधिका सांगितीक कार्यक्रम संगै भेडेटार आएका १० हजार पर्यटकले नमस्ते झर्नाको अवलोकन गरेका छन् । झर्ना ब्यबस्थान समितिको रेकर्ड अनुसार झर्नाको अवलोकनको लागि प्रवेस शुल्कबाट मात्रै ३ लाख भन्दा बढीको संकलन भएको छ । महोत्सवको अवशरमा भेडेटारमा रहेका साना र ठुला गरी करीब ४० वटा होटलले महोत्सवमा न्यनुतम ५० हजार देखि २ लाख सम्म कारोबार गरेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावतिले वताए ।

त्यस्तै भेडेटारको नाम्जेमा रहेका होमस्टे समेत महोत्सव हेर्न सहभागी भएकाहरुको रोजाईमा पर्दा महोत्सव भरी होमिस्टे भरिभराउ भएका थिए ।

 

(फोटो:सन्तोष काफ्ले)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू