अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

विश्वब्यापी पर्यटन र साहसिक यात्रालाई प्रोत्साहन गर्न ‘ट्राभल हाउस भ्याकेसन’

बिआरटीनेपाल २०७३ पुष २० गते १:२३ मा प्रकाशित

विश्वब्यापी पर्यटन र साहसिक यात्रालाई प्रोत्साहन गर्न गर्ने उद्येश्यले ट्राभल हाउस ग्रुप अफ कम्पनीले ट्राभल हाउस भ्याकेसन ल्याएको छ । कस्टमाइज् ट्रीप, एडभेन्चर ट्रीप रोमान्टिक स्थलहरुको यात्रा, क्रुज, बिच होलिडे तथा अन्य सेवाहरु जस्तै ट्रान्सफर, यात्रा बीमा, अप्सनल टुर्स प्रदान लगायत विश्वब्यापी पर्यटन र साहसिक यात्रालाई प्रोत्साहन गर्ने उद्येश्यले ट्राभल हाउस ग्रुप अफ कम्पनीले सहायक कम्पनी कम्पनी ट्राभल हाउस भ्याकेसन ल्याएको हो ।

पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेलीरहेको ट्राभल हाउस ग्रुप अफ कम्पनीले खोलेको सहायक कम्पनि ट्राभल हाउस भ्याकेसनले ए.आर.सी. (एयरलाइन्स रिपोर्टिंग कर्पोरेसन्), आई.ए.टि.ए. (इन्टरनेशनल एयर एन्ड एसोसियन), ए.एस.टि.ए. (अमेरिकन सोसाईटी अफ ट्राभल एजेन्ट), एन.ए.सी.टि.ए. (नेस्नल एसोसियन एफ केरिएर ट्राभल एजेन्ट), एन.ए.टि.टि.ए. (नेपाल एसोसियन एफ टुर ट्राभल एजेन्ट), सी.एल.आई.ए. (क्रुज लाइन इन्टरनेस्नल एसोसियन) र एन.टि.बि. (नेपाल टुरिजम बोर्ड) संग आबद्ध भएर आफ्ना कामहरु गरिरहेको कम्पनिका प्रमुख कार्यकारी अधिकृत मनोज श्रेष्ठले बताएका छन् ।

सन् २००६ देखि आफ्नो उत्कृष्ट सेवा प्रदान गर्दै आएको ट्राभल हाउस ग्रुप अफ कम्पनीले यस अघिनै ट्राभल हाउस नेपाल, ट्राभल हाउस यू.एस.ए., ट्राभल हाउसएक्स्प्लोरर् र हारती प्रोपर्टिज सञ्चालनमा ल्याईसकेको छ ।

कम्पनीको अहिलेसम्मको अनुभव र अनुभवी कर्मचारीहरुले आफ्नो ग्राहकहरुलाई सस्तो सुलभ यात्रा र पर्यटनको सुविधा प्रदान गर्दै आएको यस ग्रुप अफ कम्पनीले बिगतको दिनहरुमा नेपाली समुदायमा सेवा पुर्याउदै आउनका साथै आफ्ना ग्राहकहरुको सहयोग, स्नेह र आफुप्रतिको विश्वासको कारणले गर्दा अर्को सहायक कम्पनी ट्राभल हाउस भ्याकेसन ल्याउन सफल भएको जानकारी दिएको छ ।

नयाँ बर्ष सन् २०१७ को अवसर पारि ल्याईको ट्राभल हाउस भ्याकेसनले पर्यटन क्षेत्रमा थप टेवा पुग्नुका साथै आफ्ना ग्राहकहरुलाई सहज र रोमाञ्चकारी सुबिधा प्रदान हुनेमा कम्पनी बिश्वस्त छ ।

(ट्राभल हाउस भ्याकेसन बारेमा थप जानकारी र सल्लाह सुझावका लागि)

वेबसाइट : http://www.travelhousevacations.com/

फेसबुक :http://www.facebook.com/travelhousevacations

टिव्टर :http://twitter.com/travelhousevac

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू