अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

रहेनन् प्रसिद्ध रंगकर्मी एवं कलाकार बिष्णुभक्त फुयाँल-नाटक खेलिरहेकै स्टेजमा निधन

बिआरटीनेपाल २०७३ पुष १९ गते १०:४८ मा प्रकाशित

नेपाली कला जगतका प्रसिद्ध रंगकर्मी एबं कलाकार बिष्णु भक्त फुयाँलको अप्रत्यासित निधन भएको छ । बद्रि अधिकारीको निर्देशनमा मञ्चन भैरहेको नाटक “यज्ञबलक्य”मा राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै राष्ट्रिय नाचघरको स्टेजमै निधन भएको हो ।

उनी नाटक खेल्दा खेल्दै बेहोस भएर बिर अस्पतालमा उनको निधन भएको बताए पनि नाटक हेर्न गएका दर्शकहरुले भने उनिको रंगमञ्मानै निधन भै सकेको बताएका छन् । बीर अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

बि सं १९९४ साल भदौ २३ गते भक्तपुरमा जन्मेका कलाकार फुयाँल २०१९ सालदेखी निरन्तर कलाकारितामा सक्रीय रहेका थिए । बि. सं. २०१९ सालमा नेवारी नाटक कर्मया भागबाट सुरु भएको उनको यात्रा आजको दिनबाट टुगिंएको छ । हाँस्य सिरियल ‘तितो सत्य’मा उनले लामो समय काम गरेका थिए  साथै, थुप्रै चलचित्रमा पनि उनले अभिनय गरेका छन् ।

कलाकार फुयाँलले निधनको सिंगो कला र साहित्यिक जगत स्तव्ध बनेको छ । उनका प्रशंशक साथै कलाकारिता र साहित्यिक क्षेत्रका ब्यक्तीहरुको सामाजिक सञ्जालका भित्ता उनको अकल्पनिय निधनको खवरले भरिएको छ भने सबैले उनको निधनमा दुख ब्यक्त गर्दै उनिसंगका भेट र प्रशंगहरु साटिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू