अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०५ | Colorodo: 11:20

‘भोको घर’ अन्तिम सातामा

बिआरटीनेपाल २०७३ पुष १८ गते ५:१८ मा प्रकाशित
सुनधारास्थित नाटकघर थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘भोको घर’ अन्तिम सातामा पुगेको छ । सुप्रशिद्ध नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाटक ‘भोको घर’को पुस १ गतेदेखि मञ्चन सुरु भएको हो ।
युवा रंगकर्मी केदार श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेका हुन । उनी थिएटर मल नाटकघरका संस्थापक तथा कला निर्देशक समेत हुन् ।
‘भोको घर’ले आइतबारसम्म २१ औं मञ्चन भइसकेको छ भने ६ वटा मञ्चन बा“की रहेको थिएटर मलका प्रबन्ध निर्देशक इलिना नकर्मीले एक प्रेस विज्ञप्तिमार्फत जनाएकी छिन् । ३० महिना अघि खुलेको थिएटर मल नाटकघरमा यस नाटकले उल्लेखनीय चर्चा तथा दर्शक पाएको उनले बताएकी छिन् ।

निदेशक श्रेष्ठको यो पा“चौ नाटक हो । आफै पनि नाटक लेख्ने श्रेष्ठले यसपटक अग्रज नाटककारको नाटकलाई मञ्चमा उतारेका हुन् । उनले यसअघि उपिया“को निवन्ध, मान भर्सेस मती, बदरंगः लोचनवंशको साक्ष्य लगायत नाटकहरु निर्देशन गरेका थिए । अघिल्ला दुई नाटक उनी आफैले लेखेका हुन् ।
दर्शक राम्रो पाएपनि अर्को नाटकलाई तुरुन्तै मञ्च दिनुपर्ने भएकोले नाटकको समयावधि नबढ्ने उनले बताएका छन् । यो नाटक पहिले निर्धारित मिति पुस २३ गतेसम्म बुधबारबाहेक हरेक सा“झ ठिक ५ बजे र शनिबार अचिरिक्त शो १ः३० बजे हुनेछ ।
नाटकबारे
नाटकमा मध्यम वर्गीय सो“च र आर्थिक संकटले पैदा गर्ने पारिवारिक समस्यालाई दृश्यमा उतारिएको छ । मध्यम वर्गको आवश्यकता, सपना, महत्वकांक्षाका साथै समस्या र दुर्घटनाको अवस्थालाई नाटकले मूल विषय बनाएको छ ।
गोठालेले तीसको दशकमा लेखेका नाटक ‘भोको घर’ अहिले पनि उत्तिकै सान्दर्भिक भएको निर्देशक श्रेष्ठ बताउ“छन् । उनी भन्छन्, ‘समयान्तरस“गै मानिसका सपनाका तह बढेपनि स्वरुप उहि रह“दा यस नाटक हरेक समयको प्रतिनिधि हुनसक्छ ।’ प्रस्तुतिलाई कला र प्रविधिको माध्यमले समसामयिक बनाउ“दै विम्व र प्रतीकहरु मर्फत पनि नाटक बोलेको छ ।
कलाकारबारे:रंगमञ्च र सिनेमा दुवैमा प्रभावशाली
‘भोको घर’ हेर्न लायक हुनुमा यसको सबल अभिनय पक्ष पनि हो । नाटकमा साठीको दशकको मध्यतिरबाट रंगकर्ममा उत्रेका कलाकारहरु यस नाटकमा मज्जैले जमेका छन् । उनीहरुको यथार्थवादी जीवन्त अभिनयले अवाक बनाउछ ।
उनीहरु कहिले सिनेमा कहिले नाटक गर्दै फेरि नाटकका आएका हुन । दर्जन नाटक खेलिसकेका र पछिल्लो समय सिनेमा पनि प्रभाव छाडिरहेका आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता सञ्जी र अभय बरालले ‘भोको घर’का पात्रहरु हुन् ।

रंगमञ्चसंगै फिल्म ‘अध्याय’ बाट सिनेमामा प्रवेश गरेका आकाश मगर अभिनित हालसालै ‘बिजुली मेसिन’ प्रदशन भएको थियो भने ‘कथा ७२’ प्रदर्शनको तयारीमा छ । फिटकीरी, झिग्राना, को आफ्नोजस्ता सिनेमाबाट पनि प्रभाव छाडेका शान्ति गिरीको यो दशौं नाटक हो । ‘भोको घर’ भित्र उनी मन्दिरामा निकै जीवन्त देखिएकी छिन् ।
रेड मनसुन, टलकजंग भर्सेस टुल्के, होस्टर रिटन्र्स, पुरानो डुंगा सिनेमा तथा कोर्ट मार्सल, कथादेश २, स्वप्नमहल, ऊ कस्को लगायतका नाटकबाट आफ्नो सिग्नेचर बनाइसकेका सुदाम सिके नाटक ‘भोको घर’का सबैभन्दा कठिन क्यारेक्टर राजेन्द्रका रुपमा उत्रिएका छन् । उनी यसमा पनि स्वाभाविक देखिएका छन् ।
त्यस्तै अध्याय, होस्टल रिटन्र्स, गा“ठो फिल्महरुबाट अभिनयबाट आफूलाई चिनाइसकेका अभय बराल थिएटर मलको बदरंग, मान भर्सेस मती र उपिया“को निबन्धमा प्रोटागोनिस्टपछि ‘भोको घर’मा एनटागोनिस्टका रुपमा जमेका छन् । थिएटर मलकै संस्थापकमध्ये एक सञ्जिता सञ्जीको पनि बदरंग, उपिया“को निबन्ध, थाङ्ला लगायतपछि यसमा भोको घरकी छोरी तथा काल्पनिक दुनया“की राजकुमारीको रुपमा स्वाभाविक अभिनय देख्न पाइन्छ ।
घनश्याम श्रेष्ठको सुन्दर मञ्च तथा प्रकाश परिकल्पना, सुरेश कार्की, रामशरण रेग्मीको मञ्च निर्माण, राजेन्द्र भट्ट र अमुल श्रेष्ठको प्रकाश तथा संगीत परिचालनले नाटककाृ गहिराईलाई साथ दिएको छ ।
प्रतिक्रिया