अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१५ | Colorodo: 08:30

नासा एन्माको १३ औ सम्मेलन सार्लोटमा हुने

बिआरटीनेपाल २०७३ पुष १५ गते २३:०८ मा प्रकाशित

दक्षिण पूर्वी राज्यहरूमा रहेका नेपालीहरूको छाता सङ्गठन नेपलिज् एसोसियसन इन साउथ ईष्ट अमेरिका नासा र एन्माको १३ औ संयुक्त सम्मेलन नर्थ क्यारोलिनाको सार्लोटमा गर्ने निर्याण गरेको छ । नासाको २० औ विशेष बैठकले सो निर्णय गरेको हो । संस्थाका अध्यक्ष विमल नेपालको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकमा अध्यक्ष नेपालले बैठकमा स्वगत गर्दै १२ औ सम्मेलनको आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो । आगामी दुई वर्षका लागि आर्थिक समितिको सदस्य चयनका विषयमा बैठकमा जानकारी गराउनु भएको थियो ।

नासाका महासचिव शिव विष्टद्धारा सञ्चालित सो बैठकमा आगामी नासा र एन्माको १३ औ संयुक्त सम्मेलन नर्थ क्यारोलिनाको मुख्य सुन्दर सहरका रूपमा परिचित सार्लोटमा सम्पन्न गर्न यस अघि आएको ग्रेटर सार्लौट नेपलिज एसोसियसनको प्रस्तावलाई सर्वसम्मतिबाट स्वीकार गर्दै कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न राजेश सिहलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । बैठकमा नासाका कोषाध्यक्ष पशुपति न्यौपाने तथा बोर्ड डाईरेक्टरहरु सतिश गुप्ता र राजेन्द्र अर्यालले सम्मेलन संयोजक छनौटका विषयमा भनाई राख्नु भएको थियो । करिब दुई घण्टा सम्म चलेको सो बैठकमा नासाका कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्राचार्य, उपाध्यक्ष तारा पुन, सहसचिव कृष्ण श्रेष्ठ तथा बोर्ड डाईरेक्टरहरु सुशील नेपाल, नरेन्द्र बराल, विद्या गुरुड, नमिता घिमिरे, कृष्ण देवकोटा, मनिश शाक्य, भुवन खनाल, डा सुमन सिलवाल, उद्दव कार्की, लगायतले सम्मेलन सफल बनाउने विषयमा विचार व्यक्त गरेका थिए ।

बैठकको अन्त्यमा ग्रेटर सार्लोट नेपलिज् एसोसियसनका प्रतिनिधि तथा नासाको बोर्ड डाईरेक्टर सुशील नेपालले ग्रेटर सार्लोट नेपलिज् एसोसियसनको आयोजना तथा राजेश सिंहको संयोजकत्वमा सम्मेलन सम्पन्न गर्दाका चुनौती र अवसरका रूपमा ग्रहण गर्दै सम्पूर्ण कार्यसमितिलाई धन्यवाद दिएका थिए । बैठकको समापनमा नासाका अध्यक्ष नेपालले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उत्तरउत्तर प्रगतिको कामना गर्दै बैठक समापन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू