अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

अमेरिकामा नेपाली विद्यार्थीलाई सहुलियत प्रदान

बिआरटीनेपाल २०७३ पुष १५ गते २०:१३ मा प्रकाशित

अमेरिकी सरकारले यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले नेपाली विद्यार्थीलाई आगामी डेढ बर्षको लागि काम गर्न अनुमतिपत्र वर्क परमिट दिने भएको छ ।

यसअघिको सुविधा हालै समाप्त भएका कारण पुनः अवधि लम्ब्याईएको हो ।

अमेरिकी सरकारले यो सुविधा गत सालको महाभूकम्पका कारण प्रदान गर्दै आएको कान्तिपुर दैनिकमा समाचार छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू