अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

प्रमुख दलका शीर्ष नेताहरुलाई कमल थापाको चुनौतिपुर्ण सुझाव-‘राजा वीरेन्द्रबाट राजनीति सिक’

बिआरटीनेपाल २०७३ पुष १४ गते ५:०६ मा प्रकाशित

राप्रपाका अध्यक्ष कमल थापाले पूर्वराजा वीरेन्द्रबाट राजनीति सिक्न प्रमुख दलका शीर्ष नेताहरुलाई सुझाव दिएका छन् । बिहीबार स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको उदघाटन समारोहलाई सम्बोधन गर्दै थापाले स्वर्गीय राजा वीरेन्द्रबाट प्रमुख दलका शीर्ष नेताहरुलाई चुनौतीपुर्ण सुझाव दिएका हुन् ।

जनताले कस्तो राजनीतिक व्यवस्था चाहान्छन् भनेर बुझ्न वीरेन्द्रले जनमत संग्रह गरेको भन्दै उनले जनतालाई सिन्डिकेटको राजनीतिक व्यवस्था लाद्नुभन्दा जनता के चाहान्छन् भन्ने बुझ्न जनमत संग्रहमा जान सक्ने क्षमता दलहरुले राख्नु पर्छ भन्दै थापाले प्रमुख दलहरुलाई चुनौति दिए ।

प्रजातन्त्रको स्थापना र देशको आधुनिकीकरणमा शाहवंशीय राजाको योगदान महत्वपूर्ण रहेको भन्दै थापाले विकेन्द्रीकरणको योजना पनि वीरेन्द्र कै हो भएको र त्यसले विकासको मार्ग निर्देश गरेको दाबी गरे ।

तत्कालीन राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न संयुक्त राष्ट्रसंघमा प्रस्ताव राखेका थिए । तर नेपाल शान्ति क्षेत्र घोषणाको प्रस्ताव हाल अलपत्र परेकाले त्यसलाई पुनः छलफलमा ल्याइनुपर्ने धारणा समेत थापाले राखे ।

कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्माङगद कटवालले पनि परराष्ट्रविदहरुको परामर्शमा शान्ति क्षेत्र घोषणाको प्रक्रिया अघि बढाउन माग गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू