अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 16:40

पप गायक जर्ज माइकलको निधन

बिआरटीनेपाल २०७३ पुष १० गते २३:२९ मा प्रकाशित

प्रख्यात ब्रिटिस पप गायक तथा दुईपटक ग्रेमी अवार्ड वाट सम्‍मानितजर्ज माइकल को निधन भएको छ। उनी ५३ वर्षका थिए । उनको निधन क्रिसमसको दिन इग्‍लेन्डको अक्सफोर्डशायर स्थित अाफ्नो निवासमा भएको उनका प्रेस सहयोगीले जानकारी दिएका हुन । उनको निधनको कारण भने खुलाईएको छैन । यस दुखद घटनाले विश्व भरी छरिएका जर्ज माईकलका फ्यानहरू स्तब्ध भएका छन ।

‘क्लब ट्रपिकाना’, ‘लास्टक्रिसमस’, ‘केयरलेस व्हिस्पर’ तथा‘फैथ’ जर्ज माइकलका लोक प्रिय गीतहरू मध्येका हुन । जर्ज माइकलको जन्‍म २५ जुन १९६३ मा भएको थियो । सन १९८० मा जर्जले आफ्ना स्कुलका साथी एड्रयू रिजेसंग मिलेर ह्वाम नामक म्यूज़िकल व्यान्ड गठन गरेका थिए । ‘ह्याम’ व्यान्डको ‘केयरलेस व्हिस्पर’ विश्वभरि नै लोकप्रिय भयो । तर यो जोडीको सहकार्य धेरै दिन टिक्न सकेन । जर्ज माईकलले एक्लै अाफ्नो गायकीलाई निरन्तरता दिँदै आएका थिए ।

प्रतिक्रिया