अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

अमेरिकाको आइअोवामा ‘२६००-तमू च्या ल्होसार -२०१६’ मनाउने भब्य तयारी (भिडियो)

बिआरटीनेपाल २०७३ पुष ८ गते ४:४१ मा प्रकाशित
अमेरिकाको आइअोवा राज्यमा रहेका बुद्ध धर्मावालम्बीहरूको अगुवाईमा यस वर्षको ल्होसर भव्यरूपमा मनाइने तयारी रहेको अाइअोवा स्थित भूटानी अमेरिकी बुद्धिष्ट समाजले जनाएको छ ।
“शास्त्र हराए संस्कार हराउँछ,संस्कार हराए संस्कृति हराउँछ अनि संस्कृति हराए जाति हराउँछ” सन्देश सहित अमेरिकाको आइओवा राज्यको सुन्दर नगरी डिमोहिन सहरमा यही अागामी 31st December 2016 का दिन गुरूड(तमू) जातिहरूको महान पर्व “२६००-तमू च्या ल्होसार भव्यरूपमा मनाइने भएको छ,मूल आयोजक समितिका अध्यक्ष भिम गुरूङले जानकारी दिनु भयो ।
  unnamed
Bhutanese American Buddhist Society  of Iowa ले आयोजन गरेको यस “२६००-तमू च्या ल्होसार -२०१६” मा अमेरिकाको अन्य राज्यमा रहेका बुद्धिस्ट समाजहरूको पनि उपस्थित हुने भएकाछन् । बिभिन्न सांस्कृतिक झाँकी लगायत अन्य प्रस्तुतिका साथ यस वर्षको ल्होसर  भव्यताका साथ मनाइने लक्ष रहेको मुल आयोजक समितिका महासचिव तिलक बाहादुर गुरूङले बताउनु भयो।
स्थानीय र अागन्तुक कलाकारहरूले विभिन्न साँस्कृतिक र धार्मिक प्रस्तुति दिने तयारी रहेको छ भने तमू च्या ल्होसारका सामाजिक, धार्मिक तथा अाध्यात्मिक पक्षहरूका विषयमा पनि जानकारी अादानप्रदान गरिने बताइएको छ ।
डिसम्बर ३१, २०१६ का दिन बिहान ठीक १० बजेदेखि साँझ पाँच बजेसम्म सञ्चालन गरिने उक्त कार्यक्रममा गुरूङ जातिका साँस्कृतिक धरोहरहरूको प्रस्तुति समेत गरिने भएको छ ।unnamed-1
उक्त एकदिने कार्यक्रमलाई मिडिया पार्टनारका रूपमा कार्यक्रम अायोजनामा सक्रिय रहेको भूटानी ढुक्ढुकीले प्रत्येक्ष प्रसारण गर्ने पनि जानकारीदिइएको छ । नेपाली भाषी भूटानीहरूको कला गला र साहित्यमा विगत पाँच वर्षदेखि  अनवरत रूपमा सक्रियरहेको कार्यक्रम भूटानी ढुक्ढुकीका निर्देशक राकेश काफ्लेले नेपाली भाषी भूटानीहरूका कला, गला र धर्मसंस्कृतिहरूको विकाश र प्रवर्धनमा भूटानी ढुक्ढुकीले सुचना र सन्देश प्रवाह गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।
 विभिन्न अवस्था  र स्थितिका कारण ढाडिएका समधर्मी र समविचार भएका मानिसहरू एकै ठाउँमा भेला भएर यी र यस्ता कार्यक्रमहरू गर्नु एकतामा विश्वास जाग्नु हो । फुटेर होइन जुटेर हामी सँगै अगाडि जान सक्छाैं भन्ने सन्देश पनि यस कार्यक्रमले दिने विश्वासहरू जानकारहरू बताउँछन् ।
थप जानकारीका लागि यो भिडियो…

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू