अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

दुर्गा तिवारीको हत्याका डिजाइनर मनोज पुन

बिआरटीनेपाल २०७३ पुष ५ गते ११:३७ मा प्रकाशित

बुटवल, ५ पुस । रुपन्देहीमा नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीमाथि गोली हान्नेको पहिचान भएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको छ ।

रुपन्देहीका मनोज पुन मगरको टोलीले तिवारीलाई गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । केही समयदेखि भूमिगत रहेका देवदह नपा ६ का २८ वर्षीय मनोज पुन भन्ने मनोज बुढा मगरले कहिले भारत त कहिले थाइल्याण्डमा बसेर बुटवलमा गुण्डागर्दी चलाउँदै आएका थिए । प्रहरीले हत्यामा संलग्न पुन समूहको खोजी गरिरहेको छ । उनीहरूले केही दिन अघिदेखि २० लाख रुपैँया नदिए ज्यान लिने धम्की दिँदै आएका थिए । घटनालगत्तै पुनले युवा सङ्घका केही जिल्लास्तरीय नेता र संचारकर्मीलाई फोन गरी तिवारीलाई आफूले गोली हानेको बताएका थिए ।

तिवारीमाथि रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनीमा हिजो दिउँसो गोली प्रहार भएको थियो । उनी इटा व्यवसायी पनि हुन् । करिब छ महिना अघि नै रानाको समूहले तिवारीको हत्या प्रयास गरेको थियो । पुरानो रिसइबी साँध्न पुनले आफ्नो समूहका व्यक्तिलाई प्रयोग गरी गोली हानेको हुनसक्ने प्रहरीले जनाएको छ । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू