अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

सुडानबाट अपहरणमा परेका दुई नेपाली रिहा

बिआरटीनेपाल २०७३ पुष ५ गते ११:१८ मा प्रकाशित

जेनेभा, पुस ५ गते । संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी संस्था (यूएनएचसीआर) का एक महिना पहिले सुडानबाट अपहरणमा परेका दुई नेपालीसहित तीन कर्मचारी रिहा भएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ । राष्ट्रसङ्घका यी तीनैजना कर्मचारी सुडानको द्वन्द्वग्रस्त डाफर क्षेत्रबाट एक सशस्त्र समूहले गत नोभेम्बर २७ गते उक्त प्रान्तको राजधानी एल जेनैनाबाट अपहरणमा परेका थिए ।

राष्ट्रसङ्घका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले एक महिना पहिले अपहरणमा परेका शरणार्थी नियोगमा कार्यरत दुई जना नेपाली नागरिक सरुन प्रधान र रमेश कार्की र एक सुडानी नागरिक मुसा ओमर मुसा मोहमद रिहा गरिएको बिहीबार एक विज्ञप्ति जारी गरी जनाउनुभएको छ । उहाँले आफ्नो कर्मचारीको रिहाइको पहलका लागि सुडानी सरकार र सुरक्षाकर्मीप्रति आभार व्यक्त गरेको छ ।
राष्ट्रसङ्घले अपहरण मुक्त उनीहरूका बारेमा यसभन्दा बढी विस्तृत जानकारी उपलब्ध गराएको छैन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू