अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४ | Colorodo: 20:49

स्थानीय निकाय निर्वाचनको बाधक एमाले हो – पशुपति शम्शेर राणा

बिआरटीनेपाल २०७३ पुष ५ गते १:३८ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले नेकपा एमाले वर्तमान राष्ट्रिय संकट निवारणको बाधक भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै राणाले स्थानिय निकाय निर्वाचन लामो समय सम्म हुन नसकेको र तोकिएको मिति नजिकिँदै गर्दा एमालेले अवरोध गरेकै कारण निर्वाचन ओझेलमा पर्दै गएको बताएका हुन् ।

राणले सिंमाकनका बारे एमाले माओबादी र काँग्रेसले बिगतमा गरेको सहमतीलाई भुल्दै एमालेले सदन र सडक अवरोध जसरी गरिरहेको र एमालेको उल्टो भूमिकाकै कारण सिंमाकनको बिषयले देशमा थप संकट भित्रिएको बताउँदै निर्वाचन तोकिएको समयमा नभए देशले संबैधानिक संकट बेहोर्नु पर्ने दावी गरे ।

सरकारले एमाले वा मधेसवादी जसको माग सम्बोधन गरे पनि समस्या समाधान हुने नदेखिएकाले देश थप संकट तर्फ गइरहेको भन्दै राणाले वर्तमान समस्याको गाँठो फुकाउन अलेक्जेन्डरको तरवार आवश्यक भएको टिप्पणी समेत गरेका छन् ।

सिंमाकनको बिषयमा आफ्नो पार्टीको धारणा पहिलनै आईसकेको र संशोधनका बारे पार्टीलाई समेत जानकारी नदिएको भन्दै ५ नं. प्रदेशमा भएको आन्दोलनमा आफ्नो पार्टीको सहानुभूती नभएको राणले प्रष्ट्याए ।

कार्यक्रममा बोल्दै राणाले भने, संविधान संशोधनमा घुमाउरो पारामा जुनसुकै भाषा सरकारी कामकाजको भाषा हुने भन्ने विषयमा सहमत छैनौं तर राप्रपाले पहिला नै तराईमा दुई प्रदेश हुनु पर्दछ भन्ने धारणा राखेकोले मधेसका जनताको जायेज माग राज्यले पुरा  पर्ने र
संसदबाट हिन्दुराज्य घोषणाको माग सम्बोधन गर्न सक्ने वातावरण नभएकाले पार्टीले महाधिवेशन पछि आन्दोलनको गर्ने भन्दै राणाले त्यसको लागि जनमत संग्रह गर्नु पर्ने हुन्छ ।’

राणले पार्टीको एकतापछि करीव ६० जिल्लामा एकिकरण भइसकेको र बाकीँ जिल्लामा छिट्टै एकिकरण हुने बताउँदै सरकारले आफ्ना नागरिकको घाउमा मलम समेत लाउन नसक्नु र पून:निमार्णका सवालमा विदेशी दिएको साढे चार अरब रुपैया समेत खर्च गर्न नसक्नु गलत भएको भन्दै जनतालाई दुइ चिसोमा राख्नु सरकारको कमजोरी भएको राणाले आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू