अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

(आइओएम)का डिन डा. अग्रवाललाई बर्खास्त नगरिए अनशन बस्ने चेतावनी

बिआरटीनेपाल २०७३ पुष ४ गते ३:३७ मा प्रकाशित

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा. जगदीश अग्रवालको बर्खास्तको माग गरिएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बचाउ सङ्घर्ष समितिले आज शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै संस्थानका डिन डा, जगदीश अग्रवाललाई बर्खास्त गर्न माग गरेको हो ।

विगत १६ दिनदेखि डिन कार्यालयमा तालाबन्दी गर्दै आएको (आइओएम) बचाउ सङ्घर्ष समितिले अग्रवाललाई हटाएर प्रक्रियागत रुपमा नयाँ डिन नियुक्ति नगरिए अनशन बस्ने चेतावनी समेत दिएको छ ।

शिक्षामन्त्री पौडेलले यही पुस १४ गते बस्ने त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा यस विषयमा छलफल हुने बताउँदै सङ्घर्षरत पक्षलाई वार्तामा बसेर समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

डा. गोविन्द केसीको अनशन तोडाउन सरकारले अग्रवाललाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू