अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

अपाङ्ग तथा अनाथहरुको साहारा बन्दै सोलुखुम्बुका देन्डी शेर्पा

बिआरटीनेपाल २०७३ पुष ३ गते ९:१९ मा प्रकाशित

जीवन-आफ्नो लागी मात्र त पशुले पनि बाचेको हुन्छ यहाँ, अरूको लागि पनि बाचेर हेर त, जीवन कति सुन्दर छ अनि अरूको लागि बाचेर पाउने खुसी नै आनन्द हो, सत्य हो र अनि धर्म पनि हो । यही सत्मार्गलाइ सत्यतामा बदलेर सफल बनाउदै छन् सोलुखुम्बुका समाजसेवी देन्डी शेर्पा अपाङ्गहरु तथा साहारा बिहीनका साहारा बनेर ।

काठमाण्डौको कपनमा अवस्थित बाल अपाङ्ग टेवा संस्था शरिरिक अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा काम गर्ने एक उदारणीय संस्था हो । यस संस्थाले शरिरिक अपाङ्गता भएका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य उपचार तथा पुर्नस्थापनाका लागि विगत दश वर्ष देखि काम गर्दै आइरहेको छ । यस संस्थाले १९ जना विभिन्न विकट ग्रामीण जिल्लाका शरिरिक अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय स्थल दिनुका साथै सम्पूर्ण शारीरिक विकासको लागी शिक्षा दिक्षा गॉस बॉस कपासको व्यवस्था गर्ने कार्य गर्दै आएको छ त्यसको साथै अन्य दश जनालाई शिक्षा दिने काम गरिरहेको छ ।

पर्यटन व्यवसायी देन्डी शेर्पा आफै सानै उमेर देखि साहरा बिहीन भएर दुख कष्ट भोग्दै ट्रेकिंग पेसा गर्थे, पर्यटकहरुसँग काम गर्दै जाँदा विभिन्न ठाउँमा अपाङ्ग अनाथ बाल बच्चाहरुको बिजोक देख्थे देन्डीले, अनि कति यस्तै अपाङ्ग अनाथ संस्थाहरूमा बिदेशीहरुको साथमा स्वयंसेवकको काम पनि गरे र त्यहा भएका पीड़ा दुख कष्टलाइ नजिकबाट नियाल्ने मौक़ा पनि पाए समाजसेवी शेर्पाले l

आफू साहराबिहीन भएर बाच्नु परे पनि अन्य अनाथ अपाङ्ग अनि सहाराबिहीन बालबालिकाहरुले सहारा प्राप्त गरुन राम्रो शिक्षा हासिल गरुन भन्ने अभिप्रायले सन २००६ मा देन्डी शेर्पाले बाल अपाङ्ग टेवा संस्था स्थापना गरी आफूले पर्यटन व्यवसायबाट कमाएको रकमले अपाङ्गहरुको लागी काम गर्न सुरु गरेर उनले अहिले १९ जना अपाङ्ग बालबालिकाहरुलाई खान, बस्न सुविधा सहित शिक्षा दिइरहेका छन् ।

देन्डी शेर्पाले अहिले २० वर्षका लागि चार रोपनी जग्गा भाडामा लिएर अपाङ्ग बाल टेवा संस्थाको कार्यालय स्थापना गरेका छन् । आफ्नो आर्थिक अवस्थाले भ्याएसम्म अपाङ्ग मैत्री, वातावरण मैत्री र वालमैत्री भवन बनाउने प्रयास गरेका छन् । जसले गर्दा अपाङ्ग बालबालिकाहरुलाई भईपरि आउने आपत् बिपत पर्दा उद्धार गर्न सजिलो होस l महिलाहरुका लागि छुट्टै होस्टल रुम, टवाइलेट, बनाएका छन् भने पुरुषहरुका लागि छुट्टै होस्टल रुम तथा टवाइलेटको व्यवस्था गरेका छन् भने पुस्तकालय भान्छा कोठा सबै व्यवस्थित तरिकाले बनाएका छन् । फिजियोथेरापि सेन्टर पनि बनाउने सोच लिएका देन्डी शेर्पाले आर्थिक अभावका कारण फिजियोथेरापी मेसिन किन्न नसकेको बताउछन ।

आहिलेसम्म अपाङ्ग बाल टेवा संस्थालाई खासै ठुलो कहीँ कतैबाट सहयोग प्राप्त भने भएको छैन । देन्डी शेर्पाले आफ्नै पहलमा तथा आफ्नै पर्यटन व्यवसाय र यही संस्था र संस्थामा आश्रित बालबालिकाको सहयोगार्थ भनी गार्मेन्टको सञ्चालन गर्दै त्यहाबाट भएको फाइदा तिनै अपाङ्ग बाल बालिकाहरुको लागि खर्च गर्दै आएका छन् l उनले उक्त गार्मेन्टमा पनि एकल महिला तथा पुरुषहरुलाई रोजागारी प्रदान गरेर अर्को एक समाजसेवा समेत गर्दै आएका छन् l उक्त गार्मेन्टबाट उनले ट्रकिंग जाँदा चाहिने सामग्री देखि खेलकुदका कपड़ाहरु उत्पादन गरेर सेवाग्राही देखि लिएर अपाङ्ग बालबालिका समेतलाई सेवा प्रदान गर्दै आएका छन् । आफनै खर्चमा यति ठुलो सामाजिक कार्यमा हात हालेका छन् । तर उनलाई सहयोग गर्ने कोही छैन । अपाङ्ग बाल टेवा संस्थामा चाहिने हरेक सामाग्री उनी आफैले जोहो गर्दै आएका छन् । आफ्नै संस्थाको कम्पाउंड भित्र उनले ब्याडमिन्टन, वास्केटबल टिटीबल खेलाउनको लागि उनले मैदान तयार गरेका छन् तर केही आर्थिक अभावले गर्दा उनले त्यों कुरा हरू पुरा गर्न सकेका छैनन् ।

देन्डी शेर्पा

देन्डी शेर्पा

देन्डीले यस अपाङ्ग बाल टेवा संस्था मार्फ़त ४ जनालाई प्रत्यक्ष रोजगार समेत दिएका छन् भने उनकी श्रीमती माया शेर्पाले देन्डीलाई उनको काममा साथ र सहयोग गर्दै आएकी छन् । आफूले पढ़न नपाए पनि उनको उद्देश्य भनेको अनाथ अपाङ्गहरुलाई शिक्षा प्रदान गरी आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु हो । देन्डी आफू निरक्षर भएर पनि २९ जना बालबालिकालाई साक्षर बनाएका छन् । उनको यो एक्लो प्रयासले अपाङ्ग बालबालिकाहरुको क्षेत्रमा ठुलो सहयोग पुगेको देखिन्छ। तर आफू कुनै श्रोत बिना पनि समाजमा सकारात्मक काम गरे पनि सरकारी तबरबाट कुनै केही सहयोग प्राप्त नगरेकोमा दुख व्यक्त समेत गरेका छन् l

२००६ देखि २०१६ सम्ममा उनले अन्य सामाजिक कार्यहरू जस्तै बाल शिक्षा, सिलाई तालीम, अनौपचारिक शिक्षा, बालबिकाश केन्द्र, धुवारहित चुलो, विद्यालय भवन निर्माण, आकाशे पानी सङ्कलन, सौर्य ऊर्जा श्रब्यदृश्य पुस्ताकालय, कम्प्युटर, जैविक फोहोर ब्याबस्थापन र कौसी करेसा तालीम प्लाष्टिक ब्याग हटाऊ अभियान, भूकम्प राहत तथा जस्ता वितरण, कृषि तालीम, लघुवित्त तालीम, मैनबत्ती उत्पादन तालीम जस्ता विभिन्न आयमुलक समाजसेवामा प्रत्यक्ष १४,५१२ जना लाभान्वित समेत भएका छन् l

देश विदेशमा रहनु भएका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूबाट धेरै थोरै सहयोग प्राप्त भएनि सस्था चलाउन गाह्रो परेको कुरा यस सस्थाका सस्थापक अधक्ष्य देन्डी शेर्पाले बताए। सरकारी तबरबाट केही सहयोग नपाएको कुरा शेर्पाजी बताउछन।

देन्डी शेर्पा समाजका एक उदारणिय व्यक्ति हुन कुनै बाहिरी आर्थिक श्रोत नहुँदा पनि उनले आफ्नो जोस जागर र हिम्मतले आज यो समाजलाई एक सबल व्यक्तिले पनि गर्न गाह्रो हुने काम गर्दै बाल अपाङ्ग टेवा संस्था भन्ने सस्था मार्फत १९ जना अपाङ्ग बालबालिकालाई आश्रय दिँदै आएका छन् l जसलाई प्रतक्ष्य भेट्दा हाम्रो मन रुन्छ, सबै बालबालिकाहरुमा शारीरिक अपाङ्गता छ, जो आफैमा बोल्न ,हिड्न, खान सकेका छैनन् सहयोग हरू कतैबाट नपाई रहेको अवस्था छ कस्तो पिडा होला यो सस्थालाइ अनि ती पीडितलाई हुने खाने सस्थालाइ मात्र सबै बाट सहयोग मिल्छ, सहयोग खोज्न जाने काहा ? यस्तै प्रश्न को उत्तर खोज्दै छन् अधक्ष्य देन्डी शेर्पा उनी यो सस्थाको सस्थापक तथा अधक्ष्य रहेका छन् ।

यदि कोही समाजसेवी व्यक्तिहरू कुनै सङ्घ सस्था, मनकारीहरुले सहयोग गर्न चाहनु हुन्छ भने सस्थाका अध्यक्ष श्री देन्डी शेर्पालाई सम्पर्क राख्न सक्नु हुनेछ धन्यवाद।

सम्पर्कको लागि: बाल अपाङ्ग टेवा संस्था कपन-१४ फोन न. 977-1-4821419, 9779851047773 इमेल : info@cdcakapan.org

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू