अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

इलिनोइमा महाबीर पुनको अन्तरक्रिया सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७३ मंसिर २९ गते १०:५० मा प्रकाशित

डिसेम्बर ११, २०१६ . नेपाल आविष्कार केंद्रका अध्यक्ष तथा अन्तर्राष्ट्रिय मैगासेसे पुरस्कार विजेता महाबीर पुन ले इलिनोइबासी सँग अन्तरक्रिया गर्नु भएको छ I गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्को इलिनोइ च्याप्टरले आयोजनामा इलिनोइको इभानष्टन सहरमा स्थित माउंट एभरेष्ट रेस्टुरेंटमाँ सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो I अंतर्क्रिया कार्यक्रममा महाबीर पुन ले नेपालमा एउटा अंतरराष्ट्रीय स्तरको आविष्कार केन्द्रको स्थापना गर्ने लक्ष रहेको र सो केन्द्रको मूल लक्ष भनेको समग्र रूपमा देशको आर्थिक विकास नै रहेको कुरा बताउनु भयो I सधैँ अरूलाई दोष देखाएर देशलाई विकास गर्न नसकिने र जब सम्म आफ्नो देश बनाउन हरेक नागरिकहरू अगाडी आउदैनन तब सम्म ठोस विकास गर्न नसकिने कुरा बताउनु भयो I नेपालमा एउटा आविष्कार केन्द्रको स्थापना गर्न सके देशलाई आर्थिक समुन्नतिको मार्गमा लैजान सकिने विश्वास व्यक्त गर्दै एन.आर.एन.ए. ले यो अभियानको नेतृत्व गरी मातृभूमिलाई एउटा अविस्मरणीय उपहार दिन आग्रह गर्नु भयो I महाबीर पुन सँगको अन्तरक्रिया कार्यक्रममा इलिनोइका विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरू, विभिन्न वर्ग र पेसा सँग सम्बंधित ब्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो I कार्यक्रमका सहभागीहरुले महाबीर पुन सँग आफ्ना जिज्ञासा हरू राखेका थिए I पुनको अभियानलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले कार्यकम पछि “फंड रैजिंग डीनर” को आयोजना पनि गरिएको थियो I mahabir-pun-chicago_10

कार्यक्रम सञ्चालन गर्दै एन.आर.एन.ए.इलिनोइ च्याप्टरका सचिव सत्यनारायण चौधरीले विगत दुई वर्षमा च्याप्टरले सम्पन्न गरेका क्रियाकलापहरुका बारेमा संक्षेपमा जानकारी गराउनुका साथै आगामी दिनमा च्याप्टरले गर्न लागेका कार्यको जानकारी गराउनु भएको थियो I चौधरीले इलिनोइ बासीहरुले अब चाडै नै नेपाली भाषामा ड्राइभिंग परीक्षा दिन सक्ने व्यवस्था गर्न लागिएको र सो कार्यकालागी च्याप्टरलाई सहयोग गर्न सम्पूर्ण इलिनोइ बासी नेपाली समुदायसँग अपिल गर्नु भयो I

एन.आर.एन.ए. इलिनोइ च्याप्टरका अध्यक्ष सुमन बस्तीले अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो I कार्यक्रमको अन्तमा अध्यक्ष बस्तीले महाबीर पुन जस्ता व्यक्तित्वलाई इलिनोइ बासी सँग अन्तरक्रिया गराउन सफल भएकोमा प्रशन्नता व्यक्त गर्दै प्रवास र मातृभूमिको बिचमा एन.आर.एन.ए.ले सधैँ पुलको भूमिका निर्वाह गरिरहने बिचार व्यक्त गर्नु भयो I साथै बस्तीले कार्यक्रममा व्यस्त समय र अत्यंत प्रतिकूल मौसमका बाबजूद पनि भाग लीन आउनु भएका सम्पूर्ण अतिथि महा नु भावहरु प्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो I mahabir-pun-chicago_41

mahabir-pun-chicago_38

mahabir-pun-chicago_39

mahabir-pun-chicago_37

mahabir-pun-chicago_36

mahabir-pun-chicago_34

mahabir-pun-chicago_35

mahabir-pun-chicago_33

mahabir-pun-chicago_32

mahabir-pun-chicago_31

mahabir-pun-chicago_30

mahabir-pun-chicago_29

mahabir-pun-chicago_28

mahabir-pun-chicago_24

mahabir-pun-chicago_23

mahabir-pun-chicago_21

mahabir-pun-chicago_22

mahabir-pun-chicago_19

mahabir-pun-chicago_20

mahabir-pun-chicago_18

mahabir-pun-chicago_16

mahabir-pun-chicago_17

mahabir-pun-chicago_15

mahabir-pun-chicago_13

mahabir-pun-chicago_05

mahabir-pun-chicago_06

mahabir-pun-chicago_07

mahabir-pun-chicago_08

mahabir-pun-chicago_09

mahabir-pun-chicago_10

mahabir-pun-chicago_11

mahabir-pun-chicago_12

mahabir-pun-chicago_14

mahabir-pun-chicago_03

mahabir-pun-chicago_02

mahabir-pun-chicago_01

प्रतिक्रिया