अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

आम नागरिकको स्वास्थ्य अधिकार विषयमा मानव अधिकार आयोगद्वारा सम्बन्धित पक्षसंग छलफल(विज्ञप्ती सहित)

बिआरटीनेपाल २०७३ मंसिर २९ गते ५:५६ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले आम नागरिकको स्वास्थ्य अधिकारको विषयमा छलफल गरेको छ । आयोगले बुधवार आयोगको कार्यलय हरिहर भवनमा स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभाग तथा महानिर्देशक, औषधी व्यवस्था विभागका महानिर्देशक लगायत अन्य पदाधिकारीहरु सँग विगतमा गरेका ४० भन्दा बढी जिल्लाहरुको स्थलगत अनुगमनको आधारमा स्वास्थ्य सेवाको क्षेत्रमा देखिएका समस्याहरु सम्बन्धमा छलफल गरेको हो ।

आयोगका अध्यक्ष तथा सदस्यहरुको उपस्थितिमा भएको सो कार्यक्रममा स्वास्थ्य संस्थाहरुमा विद्यमान औषधीको अभाव, चिकित्सकहरुको अभाव, भौतिक संरचनाको अपर्याप्तता, अस्पतालमा पानी तथा सरसफाइको अभाव लगायतका विषयमा छलफल भएको थियो ।

छलफल कार्यक्रममा आयोगका माननीय सदस्य सहितको उच्चस्तरीय टोली तथा आयोगका केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरुले गरेको अनुगमनको क्रममा जिल्ला अस्पतालहरुमा ७० प्रकारका औषधी निःशुल्क वितरण गर्ने नीति भएपनि ती औषधीहरुको अपर्याप्तता, कतिपय स्वास्थ्य केन्द्रहरुमा सिटामोल, जीवनजल लगायतका अत्यावश्यकीय औषधीहरुको पूर्ण अभावको स्थिति, स्थानीय स्वास्थ्य संस्थाहरुमा विरामी हरुको लागि प्रयोगशाला परीक्षणको न्यूनतम व्यवस्था हुन नसकेको, ग्रामीण भेगका सेवाग्राहीहरुको स्वास्थ्यको अधिकार संरक्षण हुन नसकेको, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र हेल्थ पोष्टहरुमा चिकित्सक, अहेव तथा ल्याब विशेषज्ञ समेतको दरबन्दी अनुसारको पदपूर्ति हुन नसकेको कारण गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता हुन नसकेकोले सो सम्बन्धमा आयोगले सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गाईएको थियो ।

छलफल कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा.सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य मन्त्रालयबाट भैरहेका कार्यहरुका सम्बन्धमा जानकारी गराउँदै आयोगको अनुगमनबाट प्राप्त तथ्यहरुलाई महसुस हुने गरि आयोगले दिएका सुझाव तथा निर्देशनहरु सम्बन्धमा समाधानका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

 

विज्ञप्ती सहित

nhrc-press-note-regarding-with-right-to-health

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू