अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

मधेशी समुदायकी गृहणी सुनैना ठाकुरले जितिन् अमेरिकामा उपाधि

बिआरटीनेपाल २०७३ मंसिर २८ गते २२:५३ मा प्रकाशित

नेपालको महोत्तरीकी ३२ वर्षीया गृहिणी सुनैना ठाकुरले अमेरिकामा उपाधि जितेकी छन् । आफ्नो मिथिला चित्रकला लिएर प्रतियोगीतामा सहभागी भएकी सुनैनाले अमेरिकाको न्युयोर्कमा भएको ‘२०१६ कमन ग्राउन्ड अवार्डस् द फेस अफ पिस’को उपाधि हात पारेकी हुन् ।

महोत्तरी जील्लाको सुगाभवानीपट्टिकी सुनैना मधेसी समुदायकी महिला हुन् । यो समुदायमा अझैं पनि महिलाहरु घुम्टोभित्रै रहेर आफुलाई घरको कामकाजमै सिमित रहेका छन् । यहि समुदायकी गृहणी सुनैनाले आफ्नो क्षमता प्रदर्शन गरेर उपाधी जित्नु सिंगो मधेसी महिलालाई प्रेरणा र उर्जा थपिनु हो ।

सर्लाहीको श्रीनगर–५ जन्मेकी सुनैनाले सानैबाट आफ््नी आमाले घरमा बनाउने मिथिला चित्र हेरेरै सिकेकी हुन् चित्र बनाउन । उनि गाउँकै विद्यालयमा कक्षा ८ मा पढिरहेको बेला चित्रकला प्रतियोगितामा प्रथम भएकी थिईन् । यो उनको जीवनको एउटा राम्रो सुरुवात बन्यो । त्योबेला उनको मनमा लागेको थियो म भविश्यमा अझ राम्रा चित्र कोरेर यहि पेसा बनाउँछु तर विवाह भएर कर्मघर गएपछि सुनैनाको यो सपना र रहर केही समयलाई रोक्कीयो । २२ बर्षको उमेरमा जलेश्वर नगरपालिका–१५ सुगाका शम्भु ठाकुरसँग विवाह गरेकी सुनैनालाई परिवारको साथ भएपनि मैथली समुदायमा बुहारीले घर बाहिर निस्केर काम गर्नुलाई नकारात्मक दृष्टिकोणले हेर्ने चलन रहेकाले उनले त्यो समय आफ्नो चित्रकलालाई घरभित्रै सिमीत राख्नु पर्यो ।

जतिबेला उनको चित्रकारिता रोक्कीयो त्यो समय आफूभित्र रहेको कलालाई मर्न नदिन सुनैना आफ्नै घरका पर्दा, बेडसिट, तन्ना लगायतमा चित्र कोर्ने गर्थिन् ।
चित्रकलाको मोहले सुनैना सानैबाट अरूको पर्खालमा चित्र बनाउँथीन् । कति पटक उनले यहि कारण परिवार र छिमेकीको गालि समेत खानु परेको सम्झंदै उनि भन्छीन् मैले आज यहि चित्रको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरको अवार्ड हासिल गर्न सफल भएकी हुँ ।”
सन् २००८ मा सर्च फर कमन ग्राउन्डले दिएको अवसरको उपयोग गर्दै सुनैनाले फेरी आफ््नो यात्रालाई निरन्तरता थिईन् । सानैदेखिको लगाव र सर्चसँग सम्बन्ध गाँसिएपछि उनले चित्रकलाको व्यवसायीकरण र महिलालाई तालिम दिनका लागि विसं २०६६ मा महिला क्षमता विकास केन्द्र दर्ता गराइन् र मिथिला चित्रकलालाई अघि बढाईन् ।

उनको कलाको सम्मान गर्दै युएनडिपीले पनि यस अघि सन् २०१२ मा उनलाई शान्ति सेवा अवार्ड पत्र प्रदान गरेपछि उनमा अझ उर्जा थपीयो ।

उनको यहाँ सम्मको यात्रा कठिन भएपछि उनका श्रीमान र परिवार साथै नजिकका साथी भाईले उनको क्षमतालाई बुझिदिंदा आज उनले यो स्थान हासिल गर्न सफल भएको सुनैना बताउँछीन् साथै मधेसी महिलाहरु कुरामा क्षमतावान हुँदाहुँदै पनि परिवार र समाजले राखेको पुरातनवादी सोचले उनिहरु घरभित्रै सिमीत रहनु परेको बाध्यता सुनाउँदै उनि भन्छीन्, ‘अवसर पाए मधेशी महिला पनि कोहि भन्दा कम छैनन्, यसका लागि परिवार र समुदायले सहयोग गर्नु जरुरि छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू