अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 09:22

राप्रपामा ६ उपाध्यक्ष, ६ महामन्त्री, २ कोषाध्यक्ष लगायत जम्बो टोली मनोनित

बिआरटीनेपाल २०७३ मंसिर २८ गते ६:५१ मा प्रकाशित

फाईल फोटो

केहि दिन अघि मात्रै पार्टि एकिकरण भएको राप्रपाले जम्बो टोली मनोनित गरेको छ । पार्टी अध्यक्ष कमल थापाले मंगलबार उपाध्यक्ष, महामन्त्री, कोषध्यक्ष सहितको जम्बो टोली मनोनयन गरेका हुन् ।

६ उपाध्यक्ष, ६ महामन्त्री, २ कोषाध्यक्ष २ प्रबक्ता तोकेको छ भने सहप्रवक्ता ४ जना मनोनयन गरिएको छ । उपाध्यक्ष मनोनित हुनेमा राजीव पराजुली, दिपक बोहोरा, बुद्धिमान तामाङ, प्रतिभा राणा, हरिनारायण यादव र निरञ्जन थापा छन् । यस्तै महामन्त्रीमा टंक ढकाल, धवलशम्शेर जबरा, राजेन्द्र लिङ्गदेन, विक्रम पाण्डे, नरेन्द्र चौधरी र ध्रुवबहादुर प्रधान मनोनित भएका छन् ।

कोषाध्यक्षमा निलकण्ठ काफ्ले र उद्धव पौडेल छन् भने ठाकुरप्रसाद शर्मा र राजाराम श्रेष्ठ प्रवक्ता तोकिएका छन् । सहायक प्रवक्तामा राजाराम बर्तौला, किरण गिरी, मोहन श्रेष्ठ र बसन्तमान सिंह अधिकारीलाई मनोनित गरिएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू