अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

पाँचसय किलो तौलकी महिला शल्यक्रियाका लागि भारत आउने

बिआरटीनेपाल २०७३ मंसिर २५ गते ११:१८ मा प्रकाशित

नयाँ दिल्ली, ‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्य चिकित्साद्वारा तौल घटाउन आगामी हप्ता मुम्बई आउने भएकी छिन् ।

भारतीय शल्य चिकित्सक मुफाजल लाकदवालाले इजिप्टकी ५०० किलो ( करिब एक हजार एक सय पाउन्ड) तौल भएकी इमान अहमद अब्देल अतिको शल्यक्रियाको खर्च चिकित्सक आफैले बेहोर्ने गरी उपचार गर्ने प्रस्ताव गरेपछि उनी भारत आउन तयार भएकी हुन्।

छत्तिस वर्षीया अब्देल अति विगत २५ वर्षदेखि आफ्नो घरबाहिर ननिस्केको उनकी बहिनीले बताएपछि लाकदवालाले उनको उपचारका लागि इच्छा प्रकट गरेका थिए।

उनी सानो छँदा हात्तीपाइले भएको र यसैका कारण उहाँको तीघ्रा तथा शरीरको अन्य भाग सुनिएर ठुलो भएको थियो । त्यसको केही समयपछि उहाँलाई मस्तिष्कघात भएको थियो । मस्तिष्कघातले थलिएकी उहाँ वर्षौदेखि आफ्नो कोठाबाट बाहिर निस्कन सक्नु हुन्न ।

उपचारका लागि इच्छुक चिकित्सक लाकदवालाले भने, “मैले शतप्रतिशत निको पार्छु भनेमा म झुटो बोलेको ठहर्नेछ, तर सम्भव भए सम्म मैले उहाँको उपचारमा सघाउने छु ।”

अब्देल अतिले भारतमा करिब दुई महिना लामो उपचारपछि घर फर्किनसक्ने लाकदवालाले जानकारी दिएका छन्। रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू