अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

सन् २०१२ की ‘सिएनएन हिरो’ पुष्पा बस्नेत ‘सिएनएन सुपर हिरो’मा मनोनित

बिआरटीनेपाल २०७३ मंसिर २५ गते ५:३८ मा प्रकाशित

सन् २०१२ की ‘सिएनएन हिरो’ पुष्पा बस्नेत ‘सिएनएन सुपर हिरो’मा मनोनीत भएकी छन् । अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पालाई उनको कामको कदर गर्दै सिएनएन सुपर हिरोमा मनोनित गरिएको हो ।

बस्नेतसँगै सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राक समेत मनोनित भएका छन् ।

पुस्पाले काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली काराकार जीवन भोगिरहेकाहरुका सन्तानलाई आवासीय सुविधा सहित शिक्षा दीक्षाको व्यवस्था गरिरहेकी छन् । केन्द्रमा हाल ३७ बालबालिका आश्रित छन् ।120315062732-pushpa-basnet-story-top

निस्वार्थ भावले उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो ।

नेपाली समय अनुसार यही मङ्सिर २७ गते बिहान ८ बजे सिएनएन सुपर हिरोबारे सिएनएन टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू