अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

अमेरिकाबाट मिस नेपाल अस्मि श्रेष्ठको अनुरोध-भोट गरि मलाई ‘मिस वोर्ल्ड’मा जिताउन सहयोग गर्नुस्

बिआरटीनेपाल २०७३ मंसिर २२ गते २०:३४ मा प्रकाशित

मिस वोर्ल्ड नेपाल २०१६ अस्मि श्रेष्ठ अहिले वासिङ्टन डी.सि. मा १८ डिसेम्बर २०१६ मा हुने मिस वोर्ल्ड २०१६ मा भाग लिन अमेरिकामा छिन् । प्रारम्भिक चरणमा प्राप्त पपुलर भोटको आधारमा छनौट हुन मद्दत पुग्ने भएको हुँदा आफ्नो एक भोट दिई सहयोग पुर्‍याउनु हुन उनले सबैलाई अनुरोध गरेकी छिन् ।unnamed-3

विश्वको कुनै पनि ठाउबाट यसमा भोट गर्न सकिने प्रावधान राखिएको छ । नेपाली युवतीलाई आफ्नो भोट प्रदान गरी नेपाल र नेपालीको नाम विश्वमा चिनाउन समेत सहयोग पुग्ने हुँदा नेपालीहरूले उत्साह पूर्वक मतदान गरिरहेका छन् ।

भोट हाल्नको लागि अपनाउनु पर्ने प्रक्रिया

क) गुगलको “Play Store” वा एपलको “AppStore” मा गएर Miss World App डाउनलोड गर्ने ।
ख) डाउनलोड गरेको App खोल्ने ।
ग) Menu मा गएर माथि दाहिने तिर भएको ठाउँमा Vote for your Top 3 क्लिक गर्ने ।
घ) Nepal खोज्ने र अन्य दुई प्रतिस्पर्धी समेत छानेर भोट हाल्ने ।
ङ) भोट हाल्नको लागि तिनै जनाको नाम छान्न जरुरी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू