अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

संविधान संशोधन गर्न तातै खाउ जलि मरु गर्नु ठिक हैन : माधव कुमार नेपाल ,एमाले नेता ,अमेरिका

बिआरटीनेपाल २०७३ मंसिर २२ गते ८:०८ मा प्रकाशित

अमेरिकाको भ्रमणमा रहनु भएका पूर्व प्रधान मन्त्री तथा एमालेका नेता माधव कुमार नेपालले संविधान संशोधन गर्न तातै खाउ जलि मरु गर्नु ठिक हैन भन्नु भएको छ l गत दिसेम्बर ६ तारिख वहाले स्वदेश फर्कनु अगाडी अमेरिकाका संचारकर्मीसँग कुराकानीमा यस्तो बताउनु भएको हो l

नेपालले नब्बे प्रतिशतबाट प्राप्त संविधाननलाई हतासमा पारित गर्न खोज्नु राम्रो नियत नभएको बताउनु भयो । नब्बे प्रतिशतबाट हस्ताक्षर प्राप्त लामो समय प्रतीक्षा गरेर पाएको संविधानलाई पारित गर्न मात्र केन्द्रित गर्न भन्दा अन्य क्षेत्रमा लाग्न अमेरिकाबाट सुझाव सल्लाह सरकार तथा प्रधान मन्त्री प्रचन्डलाई सन्देश दिनु भएको छ l

वहाँले बुटवल तथा अन्य सहरमा भएको विरोध आदिको प्रसङ उठाउँदै प्रधान मन्त्रीले जनताको भावना बुझ्नु पर्ने बताउनु भयो l वहाँले कस्लाई खुसी बनाउन अहिले यो गरेको हो हामीले बुझ्न सकेनौ भन्नु भयो । नेपालले प्रचन्डले जनतालाई खुसी पार्न सक्नु भएको छैन भन्ने आरोप समेत लगाउनु भयो l

सङ्कटबाट देशलाई बचाउन अहिले तुरुन्त संविधान संशोधन फिर्ता गर्न अमेरिकाबाट नै सन्देश दिनु भएको छ l विदेशमा रहेका नेपालीहरू देशको आर्थिक उन्नति र उन्नत नेपाल कसरी हुन्छ भन्ने आफूले बुझेको भन्दै अब आर्थिक उन्नति तर्फ लाग्नु बताउनु भयो l

प्रचण्डले गर्न के खोज्नु भएको हो बुझ्न गार्हो भो भन्नु भयो l बरु वहाँले संविधान कार्यन्वयनमा ध्यान दिनु पर्ने बताउनु भयो l आफू एक विशेष कार्यक्रममा अमेरिका आएको जानकारी गराउदै आफूले थुप्रै देशका मन्री ,सभा मुख तथा अन्यसँग भेट भएको बताउनु भयो l

वहाले १० प्रतिशतलाई खुसी पार्न ४० प्रतिशत हामीलाई छोड्नु भएको आरोप प्रचन्डलाई लगाउनु भयो l नेपालले आफू अमेरिकामा गत नोबेबर २८ देखी दिस्मेबर १ तारिख सम्म भएको अंतरराष्ट्रीय नेतृत्व सम्मेलनमा सहभगिता हुन आएको बताउनु भयो l

उक्त सम्मेलनमा ५६ देशका पूर्व प्रधान मन्त्री, सभामुख, काग्रेस, मन्त्री आदी समेतको सहभागिता रहेको बताउनु भयो । आफूले अमेरिकाका समेत थुर्पै नेता तथा निर्वाचित त्रम्पका केही टोलीसँग पनि भेटघाट भएको जानकारी दिनु भयो l

उक्त सम्मेलनमा मौसम परिवर्तन, आतंकबाद सुशासन तथा सद्भाव समबन्ध बारेमा छलफल भएको बताउनु भयो ।

प्रतिक्रिया