अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

नेजाको एघारौ वार्षिक साधारण सभा वासिङ्टन डी.सी. मा हुने

बिआरटीनेपाल २०७३ मंसिर २० गते १८:३३ मा प्रकाशित

उत्तर अमेरिकामा रहेका नेपाली मूलका संचारकर्मीहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाको एघारौ वार्षिक साधारण सभा वासिङ्टन डी.सी.मा हुने भएको छ । गत शनिवार बसेको नेजा कार्य समितिको बैठकले आगामी मे महिनाको ६ र ७ तारिखका दिन वासिङ्टन डी.सी. मा सङ्घको एघारौ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो |

नेजाको विधान अनुसार, हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मे महिनाको पहिलो सप्ताहान्तमा नेजाको साधारण सभा गर्ने गरिएको छ । आसन्न एघारौ वार्षिक साधारण सभा सम्पन्न गर्नको लागि उपाध्यक्ष गुणराज लुंईटेललाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ भने मूल आयोजक समितिका अन्य सदस्यहरू संयोजक लुइंटेलले चयन गर्ने जिम्मेवारी समेत प्रदान गरेको छ । साधारणसभा हुने स्थान र सो को विस्तृत विवरण आयोजक समितिले उपलब्ध गराउनेछ |

नेजाले आफ्नो अधिवेशन र साधारणसभामा प्रकाशित गर्दै आएको प्रयास स्मारिका प्रकाशनको जिम्मा महासचिवलाई प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू