अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

धनकुटामा फुटबल खेलाडी सुजल श्रेष्ठ र किरण चेम्जोङ्गलाई नागरिक अभिनन्दन (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर १९ गते १३:४२ मा प्रकाशित

धनकुटा, प्रथम ए.एफ.सी. सोलिडारिटी कप फुटबलमा नेपाललाई उपाधि दिलाउँन उत्कृष्ठ खेल प्रदर्शन गरेको भन्दै खेलाडी सुजल श्रेष्ठ र किरण चेम्जोङ्गलाई गृह जिल्ला धनकुटामा नागरिक अभिनन्दन गरिएको छ ।

जिल्लाबासीको तर्फबाट राष्ट्रिय टिमका गोल रक्षक चेम्जोङ्ग र निर्णायक गोलकर्ता खेलाडी श्रेष्ठको सम्मानमा नागरिक अभिनन्दन कार्यक्रम गरिएको हो ।

किरण, सुजल बृहत् नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिले कार्यक्रमको आयोजना गरी दुवै खेलाडीलाई नगदसहित सम्मान र नागरिक अभिनन्दन गरेको हो ।

प्रतियोगिताका गोल रक्षक चेम्जोङ्ग र निर्णायक गोलकर्ता श्रेष्ठलाई झाँकीसहित जिल्लाबासीले बजार परिक्रमा गराएका हुन । दुवै खेलाडीलाई गाडीमा राखेर सांस्कृतिक झाँकी, ब्यानर, राष्ट्रिय झण्डासहितको ¥यालीले बजार परिक्रमा गरेको हो ।

सयौं जिल्लाबासीको सहभागितामा ‘किप्पर होस् किरण जस्तो, खेलाडी होस सुजल जस्तो’ लगायत नारा लगाउँदै नगर परिक्रमा गरेर टुडिखेलमा पुगेर अभिनन्दन सभा गरिएको थियो ।

सो अवसरमा सांसद अञ्जना ताम्ली र प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले अभिनन्दन पत्रसहित जनही नगद ७५÷७५ हजारसहित चेम्जोङ्ग र श्रेष्ठलाई सम्मान गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू