अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

भारतका अर्धनग्न योगी रामदेव

बिआरटीनेपाल २०७३ मंसिर १७ गते १२:५० मा प्रकाशित

योगी रामदेव मुक्तिका यी मकारछन । सबैभन्दा पहिले मुक्तिको साधन उनका लागि मुद्रा हो यो कुरा हामीले बुझ्न जरुरी छ । योगको सहारा लिएर एकातिर प्रशस्त धन कमाए भने अर्कोतिर मैथुनको योगको बहानामा राम्रा राम्रा केटीसँग सहबास गर्ने ,मोहित गर्ने र वशमा पार्ने उनको यस्ता चलित्र भएको कुराहरू पत्रपत्रिकामा आएकै पनि सुनिएको हो यति सम्मकी यस्तै आरोपमा जेल सम्म परेका यस्ता रामदेवको भित्री चलित्र छद्म भेट्मा माँस , मद्यं आदि इत्यादि के के होलान् |

रामदेव बाबासंग मेरो प्रत्येक्ष भेट् भएको छैन न मलाई कुनै रहर छ उनलाई भेट्ने किन कि योग गर्न वा गुरु शिक्षा लिन हाम्रै नेपालमा मन्याय विशिष्ट सम्मानीय गुरुहरु हुनुहुन्छ | योग आत्मा र ईश्वर बिचको मिलन हुन आफूमा नै लगाव,विश्वास,धैर्य, चाहना,इच्छा,कार्यशक्ति,पहिचान ,र स्थिरता ,नियमितता ,लगनशिलता हुन जरुरी हुन्छ नकी एक दिन कसैले यसो गर भन्दैमा वा आफ्नो नजिक राख्दैमा ईश्वरलाई प्राप्त गर्न सफल भइने कुरा हो |
अर्धनग्न रामदेव बाबाको कुरा भन्नुपर्दा मैले बुझेको कुरा ,दुनियाँमा स्वास्थ्य र शक्तिको सपना बाढ्ने रामदेव केही पहिले चार दिनको अनशनमा बेहाल भएँ । सपना र आध्यात्मिकता र राष्ट्रिय स्वाभिमानको शिक्षा बाडिदै हिँड्ने भोगीहरूका यी योगीमा न आध्यात्मिकताको शक्तिको पुट छ न त शारीरिक शक्तिको । हामी तँपाईं सबैलाई थाहा भएकै कुरा हो । केही वर्ष अघि भोगीहरूका यी योगीले गुणवत्ता र काम गर्न सक्ने श्रमिकहरूको शोषण गरेका थिए । त्यसले चर्को रूप लिएको थियो । त्यस बेलामा तातों तावामा जिउँदो माछा छटपटिएकै जस्तो छटपटिएकका थिए यिनी । र अर्नर्गल प्रलाप गर्न लागेका थिए । के नवउदारवादको प्रयोगशालामा यस्ता योगी ढालिन्छन ?

आफ्नो आर्थिक साम्राज्यलाई सम्हाल्न लागेका रामदेवको बयान आयो उनले आन्दोलन गर्ने रे । नेपालमा जयजयकार गर्ने त्यस्ता ढोँगी रामदेवको अलिकति चर्चा गर्न मन लाग्यो । उनले भारत सरकारसँग भएका समझौताको सूचना आफ्ना समर्थकलाई नदिएर दग़ाबाज़ी गरेको कुरा लुकेको छैन । अनशन स्थलबाट भागेर समर्थकलाई धोखा दिएको कुरा पनि सनसनी भएकै हो । यथार्थमा अकुत सम्पत्ति सदाचारको कमाई सदाचारको दानबाट जुरेको होइन भन्ने कुरा अनुमान गर्न सकिन्छ |जाबो एउटा भारतीय जोगी जस्को पेसा योगा को नाउमा दक्षिण एसिया कै बजार कब्जा गर्ने रहेको छ । भारतका व्यापक रूपमा पसेका भारतीय योगीहरु ले आफ्नो जड़ो गाड्न अनेकौ प्रयेत्न गर्ने क्रम देख्दा देख्दै यी नेपालमा तहस नहस गर्न पसेका ,एक अर्कामा आगो लगाई ताप्न पसेका जोगी नेपालमा आउँदा नेपालका राष्ट्रपति,प्रधानमन्त्री लगायत तमाम शासक र प्रशासकहरु उनको अर्धनंग्न शरीर सँग अंकमाल गर्न लर्को लागेर जानू के यही नेपालका प्रमुख वादीहरुको धर्म/सस्कृत हो ???..

यस्ता अर्धनग्न योगीलाई नेपालमा अतिरिक्त मान , सम्मान किन ? अर्धनग्न अवस्थाका यस्ता ढोँगी बाबालाई हाम्री महिला राष्ट्रपतिले भेंटिन किन ? राष्ट्रप्रमुखको गरिमा के यही हो ? कुर्सीको गरिमा क़ायम किन राखिनन ? सरकार प्रमुख प्रधानमन्त्री किन नत मस्तक भएका यी भोगी बाबाकी अगाडी ? के सबैको आँखामा पट्टि लगाएकै हुन त यी ढोँगी बाबा रामदेवले ? लज्जाले शिर झुकी रहेछ मेरो नेपाल आमाका यस्ता सन्तान जो देशको रक्षाकोलागि छातीमा हात राखेर सपत खान्छन किन? निर्लज नेपालका राष्ट्रपति,प्रधानमन्त्री,पराष्ट्रपति र देशद्रोही शासक नेताहरू ?धिक्कार्छु म त यस्ता राष्ट्र प्रमुख र सरकार प्रमुखलाई जो एउटा अर्धनग्न अघोरिलाई आफ्नो हैसियत विर्सेर अंकमाल गर्दै शिर झुकाउँछन र उसैको इसारामा नाच्न थाल्छन , शर्म ! शर्म ! शर्म ! prachand-ramdev

प्रतिक्रिया