अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०२ | Colorodo: 09:17

समाचारआन्दोलन अराजक बन्दै होटेल र सवारी साधन तोडफोड सर्वसाधारण मारमा

बिआरटीनेपाल २०७३ मंसिर १६ गते ८:४९ मा प्रकाशित

सीमांकन हेरफेरविरुद्धको आन्दोलन अराजक बन्दै गएको छ । आज दोस्रो दिन पनि रुपन्देहीको बुटवल बन्द गराएका छन् र प्रदर्शनकारीले होटेल कस्तुरीमा तोडफोड गरेका छन् ।

को बन्द अवज्ञा गरेको भन्दै उनीहरूले होटेल कस्तुरीमा तोडफोड गरेका हुन् । यसै गरी देबीनगरमा मोटसाइकल र दीपनगर चोकमा अटो रिक्सामा तोडफोड भएको छ । राजमार्ग चौराहामा यात्रु बस तोडफोडको प्रयास भए पनि प्रहरीले रोकेको थियो । butwal2

अखण्ड पाँच नम्बर प्रदेशको माग गर्दै सुरु भएको आन्दोलनले जनजीवन प्रभावित भएको छ । बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, वाणिज्य क्याम्पसलगायतबाट विद्यार्थी नेताहरूले नेतृत्व गर्दै जुलुस निकालेका थिए ।

जुलुसले बुटवल बजार परिक्रमा गरी मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने नेविसंघ केन्द्रीय उपाध्यक्ष प्रकाश रानालगायतले सीमांकन हेरफेरको निर्णय नसञ्चाएसम्म आन्दोलन कुनै हालतमा नरोकिने बताएका थिए ।

एमाले समर्थित विद्यार्थी सङ्गठन अनेरास्ववियु र जनमोर्चा निकट अनेरास्ववियु छैठौंले पनि बिहीबार बिहानैदेखि टायर बालेर विरोध प्रदर्शन गरेका थिए । सत्तारुढ काँग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता पनि संशोधन प्रस्तावको विरोधमा सडकमा निस्किएका छन्

आज ५ बजे देखि भोलि बिहान ६ बजे सम्मका लागि बन्द खुल्ने आन्दोलनकारीले बताएका छन् ।

twal7

butwal5

butwal4

butwal

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू